Logo
|
Thursday 2nd May 2024
Logo

epaper

नेपालमा न्यूरो नेभिगेसन प्रविधिको बिस्तार



न्यूरो नेभिगेसन भन्नाले सिटी एमआरआई स्क्यानद्वारा निर्देशित कम्प्युटर असिस्टेड टेक्नोलोजी हो जसले मस्तिष्क वा मेरूदण्डमा हुने कुनै पनि घाउ, चोट वा ट्युमरलाई सही तरिकाले स्थानीयकरण गर्न मद्धत गर्छ ।

यसले गर्दा शल्यक्रिया गर्न सहज, छिटो र हानिकारकरहीत हुन्छ ।
न्यूरो नेभिगेसनको फाइदा
न्यूरो नेभिगेसन प्रविधिले मस्तिष्क वा मेरूदण्डमा हुने कुनैपनि घाउ चोट वा ट्यूमरलाई सही तरिकाले स्थानीयकरण गर्न मद्धत गर्छ ।
शल्यक्रिया गर्नुअघि योजना गर्न, शल्यक्रियाको साइज योजना गर्न, शल्यक्रियाको समयमा कुन स्थानमा पुगियो भनेर स्थानिकरण गर्न, कुनै पनि गहिरो वा मसिना ट्यूमरको वायोप्सी लिन (जसलाई सहजै गर्न सकिदैन) नेभिगेसन धेरै प्रभावकारी छ ।
सन्ट क्जगलत राख्न, मस्तिष्कको कुनै भाग उत्तेजित गर्न, इन्डोस्कोपी सँग काम गर्न , फंगसनल शल्यक्रिया, पार्किन्सन्स, छारे रोग आदि) तथा स्किल बेस शल्यक्रियाहरुमा नेभिगेसन एकदमै प्रभावकारी छ ।

नेपालमा न्यूरोनेभिगेसन

नेपालमा यो प्रभावकारी प्रविधि अलि ढिलो नै शुरु भएको हो । नेभिगेसन सिस्टम अहिलेको एक्दमै चर्चित प्रविधि भएको छ ।

मेरो Neuro navigation stealth S7 सँगको अनुभव
सन् २०१६ जुलाइदेखि न्यूरो कार्डियाक एण्ड मल्टिस्पेशियालिटी हस्पिटल बिराटनगरमा नियमित medtronic stealth s7 navigation system को प्रयोग भइरहेको छ । Supratentorial tumor, CP angle tumors, Pineal tumors, eloquent area glioma and vascular malformation surgery जस्ता शल्यक्रियाहरूमा उल्लेखित प्रविधिको प्रयोग भइरहेको छ ।


यसका साथै यो प्रविधि infratentorial lesions and meningioma surgery मा पनि प्रयोग हुँदै आएको छ ।
न्यूरो कार्डियाक एण्ड मल्टि स्पेशियालिटी अस्पतालले पहिले देखि नै मस्तिष्क र मेरूदण्डका शल्यक्रिया गर्दै आएको छ । विगत सातवर्षको अवधिमा ३ हजार २०० वटा) शल्यक्रिया भइसकेको छ ।
अहिले Stealth S7 को प्रयोगबाट हामीले जटिल शल्यक्रियाहरु पनि गर्दै आएका छौं ।
यस कारण यस्ता जटिल शल्यक्रियाका लागि पनि बिरामीहरू राजधानी वा भारत धाइरहन पर्दैन ।
यो उपकरणको कारण शल्यक्रिया पछिको परिणाम पहिले भन्दा घेरै राम्रो र शल्यक्रिया पछिको स्नायविक रुग्णता पनि अत्यन्तै घटेको छ ।

प्रतिक्रिया दिनुहोस्