Logo
|
Tuesday 21st May 2024
Logo

epaper

शिक्षा र स्वास्थ्यको विकासमा लाग्छु : मन्त्री पोखरेल



विनाविभागीयमन्त्री एवं महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले सामाजिक न्यायसहितको मुलुकको समृद्धि र अग्रगमनका लागि जीवनभर लागिरहने प्रतिबद्धता जनाउनुभएको छ ।

आइतबार साँझ महोत्तरीको बर्दिवासमा आयोजित पत्रकार भेटघाटमा नेकपा (माओवादी केन्द्र) का नेतासमेत रहनुभएका मन्त्री पोखरेलले संविधान कार्यान्वयन र यसको सर्वस्वीकार्यताका लागि समर्पित रहने बताउनुभयो ।

मानव विकास सुचांकमा पछि परेको महोत्तरी जिल्लामा शिक्षा, स्वास्थ्य र अन्य विकासका पूर्वाधारमा आम जनताको पहुँच बढाउन आफ्नो निरन्तर प्रयत्न रहने मन्त्री पोखरेलको भनाइ छ ।

विगतमा शिक्षामन्त्री रहिसक्नुभएका पोखरेलले आधारभूत विद्यालयमा नैतिक शिक्षालाई पाठ्यक्रममा राखिनुपर्ने धारणा राख्नुभयो । आपूm चुनावअघि कुनै दलको उम्मेदवार रहे पनि निर्वाचित भएपछि सबैको साझा प्रतिनिधि भएकाले सोहीअनुरुप आमजनता र राष्ट्रको सर्वाङ्गिण हितमा लागिपर्ने पोखरेलले बताउनुभयो ।

पछिल्लो राजनीतिक जटिलताबारे पत्रकारको जिज्ञासामा मन्त्री पोखरेलले मुलुकको राजनीतिक निकासका लागि प्रधानमन्त्रीले दलको सहमतिमा राष्ट्रियसभासम्बन्धी व्यवस्था परिमार्जित गर्न पहलकदमी लिनुपर्ने विचार राख्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्