Logo
|
Thursday 2nd May 2024
Logo

epaper

गम्भीर बिरामीलाई दमास्कस लगिँदै



 सहायताकर्मी र सिरियाका स्वयंसेवकहरुले दमास्कस नजिकैको विद्रोही नियन्त्रित क्षेत्रका गम्भीर बिरामीहरुलाई उपचारका लागि त्यहाँबाट दमासकस सार्ने काम थालेका छन्।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सामाजिक सञ्जाल ट्वीटरमा हालेको तस्वीरमा एम्बुलेन्ससँगसँगै गाडीहरु देखिन्छन्।

रेड क्रिसेन्टले तस्वीरहरु आफ्नो ट्वीटरमा राखेको छ, जसमा बच्चा च्यापिरहेका महिलाहरु दमास्कसस्थित अस्पतालहरुमा जानका लागि गाडी कुरिरहेका देखिन्छन्।

सहायता संस्थाहरुले पूर्वी गुटामा १ सय ३० भन्दा बढी मानिसहरुलाई अत्यावश्यकीय स्वास्थ्य उपचारको खाँचो रहेको बताएका छन्।

अपिल
उक्त क्षेत्र चारवर्षदेखि सरकारी घेराबन्दीमा रहेको छ। रेड क्रिस्सेन्टले सिरियाली अधिकारीहरुसँगको लामो वार्तापछि यो सम्भव भएको बताएको छ।

अन्तर्राष्ट्रिय सहायता संस्थाहरुले गत साता राष्ट्रपति असदलाई क्यान्सर लागेका सात बालबालिकाको उपचारका लागि विद्रोही नियन्त्रित क्षेत्रबाट अन्यत्र लैजान दिन अपिल गरेका थिए।

चार लाख जनसंख्या रहेको पूर्वी गुटामा करिब १२ प्रतिशत बालबालिकाहरु चरम कुपोषण रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

बीबीसीका बेन लोइङ भन्छन्, कतिजना बिरामीहरुलाई उपचारका लागि दमास्कस लगिँदै छ भन्ने स्पष्ट भएको छैन।- विविसी नेपाली सेवाबाट

प्रतिक्रिया दिनुहोस्