Logo
|
Friday 3rd May 2024
Logo

epaper

मिर्गौला रोगपीडित पत्रकारलाई सहयोग



 झापाको भद्रपुरबाट प्रकाशन हुने बरुण साप्ताहिकका सम्पादक माया पकुवालको दुवै मिर्गौला खराब भएर हाल काठमाडौँस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत हुनुहुन्छ ।

पकुवाललाई मिर्गौला प्रत्यारोपण गर्न चिकित्सकले दिएको सल्लाहअनुसार यतिबेला सोही प्रक्रियामा जुटिरहेको र यसका लागि उहाँलाई आर्थिक समस्या रहेको परिवारजनले जानकारी दिएको छ । मिर्गौला प्रत्यारोपण गर्न आर्थिक समस्या भएपछि पत्रकार महासंघ झापा शाखा र यहाँ क्रियाशील पत्रकार पकुवालको उपचारमा सहयोग संकलनमा जुटेका छन् ।

सोही सन्दर्भमा कन्काई विकास बैंकले पत्रकार पकुवालको उपचारका लागि रु १५ हजार सहयोग गरेको शाखाका उपाध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्