प्रा डा केसी पक्राउ
प्रहरीले अनशनरत वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई पक्राउ गरेको छ ।
आजदेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औँ अनशन शुरु गर्नुभएका प्रा डा केसीलाई आजै बेलुका अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिषर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले राससलाई जानकारी दिनुभयो । प्रा डा केसीलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आजै अवहेलनाको मुद्दामा प्रा डा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको थियो । रासस