Logo
|
Monday 6th May 2024
Logo

epaper

केसी रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन



 त्रिवि शिक्षण अस्पतालक वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ। प्रदर्शनमा पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई, पूर्व मन्त्री एवं कांग्रेस नेता गगन थापा, विवेकशीलद साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, कालाकार, चिकित्सक र सर्वसाधारण सहभागी छन्।

प्रदर्शनकारीहरूले केसीको रिहाइको माग गरेका छन्। प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायालयमा भ्रष्टाचार संस्थागत गरेको आरोप लगाउँदै केसीले उनको राजीनामासहितका माग राखेर अनसन बसेपछि उनलाई पक्राउ गरिएको हो।

उनलाई मंगलबार बयानका लागि सर्वोच्च लगिएको छ। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्