Logo
|
Sunday 19th May 2024
Logo

epaper

हेड इन्जुरीबाट जोगिन हेल्मेटको प्रयोगमा जोड (फोटो फिचरसहित)



‘टाउको हाम्रो, जोगिएमा बाँच्छौं हामी ढुक्क, हेलमेट लगाइ यात्रा गरौं नमानौं है दिक्क’ । ‘सुरक्षा पहिलो, लगाउनुस् हेल्मेट’ भन्ने नाराका साथ नेपालमा विश्व हेड इन्जुरी सचेतना दिवसमा जनेचतना ¥यालीको आयोजना गरिएको छ । हरेक वर्ष मार्च २० मा विश्व हेड इन्जुरी सचेतना दिवस मनाउने गरिन्छ ।
हेड इन्जुरीबारे सचेतना फैलाउन ट्राफिक प्रहरीको सहकार्यमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र राष्ट्रिय ट्रमा सेन्टरले आज बिहान काठमाडौंमा सचेतना ¥यालीको आयोजना गरेका छन् । चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र ट्राफिक प्रहरी सहभागी सो ¥याली रत्नपार्क, शहीद गेट, सुन्धारा परिक्रमा गरी राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
¥यालीमा सहभागीहरुले मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं, पछाडि बस्नेले पनि हेल्मेट प्रयोग गरी सम्भाव्य दुर्घटनाबाट बचौं र बचाऔं, अकाल मृत्यु हुनबाट जोगिऔं, पिलन राइडर, युज हेल्मेट लगायत लेखिएका प्ले कार्डहरु बोकेका थिए । मोटरसाइकलमा यात्रा गर्दा सँगै पछाडि बसेको व्यक्तिले हेल्मेट लगाएमा सम्भावित हेड इन्जुरीबाट जोगिन सकिने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका एसोसिएट प्रोफेसर एवं न्युरो सर्जन डा. राजिव झाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्