Logo
|
Friday 3rd May 2024
Logo

epaper

नर्मल डेलिभरी हुनै छाड्यो, निजी स्वास्थ्य संस्थामा ९९ प्रतिशत सम्म ‘सिजेरियन’



चिकित्सकहरुका अनुसार शल्यक्रिया गराएर शिशु जन्माउने दशमध्ये २ महिला संक्रमणको शिकार हुन्छन् । नर्मल डेलिभरीबाट डराउने महिलाहरूले मात्रै शल्यक्रियाको माध्यमले हुने शिशु जन्मलाई निरन्तरता दिने गरेका छन् । बढ्दो मोटोपनका कारण शल्यक्रियाका माध्यमबाट बच्चा जन्माउँदा बढि संक्रमणको जोखिम हुने गरेको छ । शल्यक्रियाका समयमा लामो समयसम्म उपचारमा बस्नुपर्दा उनिहरुमा संक्रमणको दर बढि हुन्छ काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्याङक अधिकृत पुष्कर विजुक्छेले बताए ।  नेपालमा पछिल्लो केही वर्ष यता सिजेरियन डेलिभरी गराउनेको दर बढि छ । स्वास्थ्य मन्त्रालयका अनुसार निजी स्वास्थ्य सस्थाले गलत रुपमा काउन्सिलिङ गरेर सिजेरियन डेलिभरी गर्न बाध्य पार्ने गरेका छन् ।  उनिहरुले डेलिभरी हुनु भन्दा एक महिना अगाडी देखि अप्रेशन गर्नुपर्छ, बच्चा कोल्टेछ, स्वास्थ्य कमजोर छ, शरिरमा पानीको मात्रा कम छ जस्ता यावत कुराहरु गरेर सिजेरियन डेलिभरी गराउन बाध्य पार्ने गरेका छन् । विजुक्छेले नेपालका निजी स्वास्थ्य संस्थाले ९९ प्रतिशत सम्म सिजेरियन डेलिभरी गरेको पाइएको छ । सत प्रतिशत जस्तो सिजेरियन डेलिभरी गराउनु चिन्ताको विषय हो उनले भने । सिजेरियन डेलिभरीले मातृ तथा शिशु मृत्युदरमा बढावा दिने गर्छ ।

‘सिजेरियन’ डेलिभरी ९९ प्रतिशत सम्म

उपत्यकामा हाल ३३ हजार ८ सय ३ जनाको डेलिभरी भएकोमध्ये १२ हजार १ सय ५९ जनाको सिजेरियन डेलिभरीद्वारा बच्चा जन्माईएको छ । स्वास्थ्य संस्थाको समग्र अवस्था हेर्दा ३६ प्रतिशत सिजेरियन डेलिभरी हुने गरेको छ । तर, अस्पताल अनुसार फरक फरक हेर्दा ९९ प्रतिशत सम्म सिजेरियन डेलिभरी भएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थाको अवस्था सामान्य रहेपनि निजी स्वास्थ्य संस्थाको अवस्था अप्रत्यासित रहेको उनले बताए ।  एक हजार स्वास्थ्य संस्था जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंमा दर्ता छन् । उनिहरुले उपलब्ध गराएको तथ्याङ्क हेर्दा आवश्यक मापदण्ड भन्दा कयौं गुणा बढि सिजेरियन डेलिभरी हुने गरेको पाइयो । विश्व स्वास्थ्य संगठनले बढिमा १५ प्रतिशत मात्रै सिजेरियन डेलिभरी गराउन मिल्ने बताएको छ । 

बढि सिजेरियन डेलिभरी गराउने अस्पताल 

विश्व स्वास्थ्य संगठन र सरकारको निर्देशन विपरित ग्राण्डी अन्तराष्ट्रिय अस्पताल, ओम अस्पताल, वयोधा अस्पताल र भ्यालि मातृत्व अस्पताल तथा नर्सिङ होमले अत्याधिक मात्रामा सिजेरियन डेलिभरी गराउदै आएको देखिएको छ । स्वास्थ्य मन्त्रालयले भनेको छ हामीलाई बुझाएको डाटा त यस्तो छ भने, नदेखाएको कति होला । निजी स्वास्थ्य संस्थाले शत प्रतिशत जस्तो सिजेरियन डेलिभरी गराउन सक्छन् यस विषयमा मन्त्रालय गम्भीर भएको छ । ग्राण्डी अस्पतालले ८३ प्रतिशत, ओम ८७  प्रतिशत, वयोधा ९९ प्रतिशत र भ्यालि मातृत्व अस्पताल तथा नर्सिङ होमले एक वर्षमा ८५ प्रतिशत सिजेरियन डेलिभरी गराएका छन् ।-हाम्रो डाक्टर

प्रतिक्रिया दिनुहोस्