Logo
|
Friday 3rd May 2024
Logo

epaper

मिर्गौला पीडितलाई आर्थिक सहयोग



गुल्मीको एक संस्थाले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ ।
‘पौदी सेभ सोसाइटी’ नामक संस्थाले शनिबार काठमाडौँमा बागलुङ जिल्ला बडिगाड गाउँपालिका–५ खौलारा निवासी तिलबहादुर जिसीलाई नगद रु एक लाख ३८ हजार संकलित आर्थिक सहयोग रकम सोसाइटीका अध्यक्ष सन्तोष गिरी र कोषाध्यक्ष सूर्यबहादुर खातीले संयुक्तरुपमा मिर्गौला पीडित जिसीलाई हस्तान्तरण गर्नुभएको थियो ।

मिर्गौला पीडित जिसीको सहयोगार्थ स्वदेश तथा विदेशमा रहेका यस क्षेत्रका नेपालीबाट संकलन गरी जुटाएको नगद आर्थिक सहयोग जिसीको स्वास्थ्योपचारमा थप बल पुगोस् भनेर सहयोग गरेको सोसाइटीका कोषाध्यक्ष खातीले जानकारी दिनुभयो ।

दुवै मिर्गौला फेल भएका पीडित जिसीले काठमाडौँको ग्राण्डी हस्पिटलमा उपचार गराउँदै आउनुभएको छ । जिसीले भन्नुभयो आफ्नो स्वास्थ्योपचारमा सरकारका तर्फबाट उचित उपचारको व्यवस्था मिलाइदिने हो भने उपचारमा सहज हुने भन्दै आफ्नोे स्वास्थ्य उपचारमा आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्