Logo
|
Tuesday 7th May 2024
Logo

epaper

गृहमन्त्रीद्वारा नगर प्रमुख श्रेष्ठको स्वास्थ्यावस्थाबारे जानकारी



 गृहमन्त्री रामबहादुर थापाले गत शनिबार अज्ञात समूहको आक्रमणमा परी घाइते हुनुभएका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्यावस्थाबारे आज जानकारी लिनुभएको छ ।

गृहमन्त्री थापाले घाइते श्रेष्ठ उपचारत नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुरमा पुगेर उहाँको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै आक्रमणमा संलग्न भएको आशंकामा केही व्यक्ति पक्राउ परिसकेको र अन्यको खोजवीन जारी रहेको बताउनुभयो । श्रेष्ठमाथि आफ्नै निवासमा अज्ञात समूहले रड प्रहार गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्