Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वस्थ बच्चा जन्माउन कस्तो हुनुपर्छ गर्भवतीको ‘डाइट’?



 

– 

स्वस्थ बच्चाको जन्म होस् भन्ने चाहना हरेक गर्भवतीलाई हुन्छ । यसका लागि गर्भावस्थाका दौरान पर्याप्त मात्रामा पौष्टिक आहारा लिनुपर्छ । गर्भको शिशुको विकास आमाको सही डाइट प्लानमा निर्भर हुन्छ ।

आहार विशेषज्ञका अनसार एक सामान्य महिलाका लागि डाइटमा १८०० क्यालोरी आवश्यक हुन्छ । तर गर्भावस्थाका दौरान यतिले मात्र पुग्दैन । फुड एण्ड न्युटिसन विशेषज्ञका अनुसार गर्भावस्थामा महिलालाई ३५० अतिरिक्त क्यालोरी आवश्यक हुन्छ । अर्थात् गर्भवतीले आफ्नो खानाबाट २३०० सम्म क्यालोरी प्राप्त गर्नुपर्छ । पर्याप्त मात्रामा  भिटामिन, खनिज, फाइबर, आइरन, जिंक र क्याल्सियम लिनुपर्छ ।

गर्भावस्थाको सुरुवाती महिना

गर्भावस्थाको पहिलो तीन महिनामा फोलिक एसिडयुक्त खाद्यपदार्थ सेवन गर्नुपर्छ । यसका साथै आइरनयुक्त पदार्थ बढी नै सेवन गर्नुपर्छ । यसले शिशुको राता रक्तकोष निर्माणमा मद्दत गर्छ । यो समयमा बिहान शरीर असामान्य महसुस हुने समस्या हुन्छ । यसको समाधानका लागि भिटामिन बी ६ लिनुपर्छ । क्याफिनयुक्त चिज सेवन कम गर्नुपर्छ । सामान्यतः डाक्टरहरुले पहिलो तीन महिनामा दिने डाइट चार्ट आवश्यक पोषक तत्वलाई ध्यानमा राखेर बनाउछन् ।

यी चिजबाट नडराउनुस्

गर्भावस्थाका दौरान कारणविना नै थकान महसुस हुन्छ । यसको मुख्य कारण हर्मोनमा आउने परिवर्तन नै हो । यस्तो अवस्थामा आरामको जरुरत हुन्छ । यसका अलावा पटक¬पटक पिसाब लाग्ने र बान्ता आउने समस्या पनि हुन्छ । जुन सामान्य मानिन्छ ।

कस्तो खाने ? 

ब्रेकफास्टमा ब्राउन ब्रेड, एक कचौरा ओट्स, दाल, साबुदाना, दुध, दही, अण्डाको सेतो भाग, डाइजेस्टिभ बिस्कुट खान सकिन्छ । यस्तै, डिनरमा ओमेगा थ्रि फ्याटी एसिड, भिटामिन डी, बिटा क्यारोटिन, क्याल्सियमयुक्त खानाहरु डाइट चार्टमा राख्न सकिन्छ । ओमेगा थ्रि फ्याटी एसिडयुक्त खाद्यपदार्थ शिशुको मष्तिष्क विकासका लागि फाइदाजनक हुन्छ भने क्याल्सियम र भिटामिन डीले शिशुको दाँत र हड्डीको विकासमा भूमिका खेल्छन् । आइरन पुरै ९ महिना आवश्यक हुन्छ । आइरनयुक्त खाद्यपदार्थसँगै कफी या चिया सेवन गर्नुहुन्न । किनकि, चिया र कफीमा भएको टेनिन नामक तत्वले आइरन शरीरमा शोसिन दिँदैंन ।

शिशुको तन्तुहरुको विकासका लागि नियमित रुपमा दूध पिउनु आवश्यक हुन्छ । दैनिक नास्ता र बेलुकीको खानापछि गरेर दिनभरमा ७५० मिलिलिटर दूध पिउनुपर्छ । यस्तै विकसित भइरहेको शिशुका लागि पानीका अलावा तरल पदार्थ सेवन गर्नुपर्छ ।

तौलमा ध्यान दिनुपर्छ 

गर्भावस्थाका दौरान १० देखि १३ किलो तौल बढ्नु पर्छ । हरेक तीन महिनामा एक देखि दुई किलो तौल बढ्नु उपयुक्त मानिन्छ । विज्ञहरु गर्भवती महिलाले दिनहुँ हिडडुल गर्ने र गहिरो श्वास लिने अभ्यास गर्ने  सल्लाह दिन्छन् । स्वास्थ्य खबर

प्रतिक्रिया दिनुहोस्