Logo
|
Saturday 27th July 2024
Logo

epaper

महोत्तरीमा १३१ कुष्ठरोगी



महोत्तरी जिल्लामा १३१ कुष्ठरोगी छन् ।
जलेश्वर नगरपालिका कार्यालयले आज ‘नगरस्तरीय कुष्ठरोग निवारण अभियान’ कार्यक्रमबारेमा पत्रकारसँग गरेको अन्तरक्रियामा नगरपालिकाका स्वास्थ्य विकास अधिकृत डा सुबोधकुमार मिश्रले महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकामध्ये सबैभन्दा बढी जलेश्वर नगरपालिकामा २४ र सबैभन्दा कम बर्दिबास नगरपालिकामा चार छन् । जिल्लाका प्रत्येक नगर तथा गाउँपालिकामा कुष्ठरोगी रहेको बताइएको छ ।
जिल्लाका कुष्ठरोगीमध्ये ६५ जनामा सर्ने तथा ६६ जनामा कम सर्ने खालको कुष्ठरोग रहेको जनाइएको छ । कार्यक्रममा लालगढ कुष्ठरोग अस्पताल धनुषामा २५ वर्षदेखि कार्यरत डा शंकरमान श्रेष्ठ, महोत्तरी जिल्ला अस्पताल जलेश्वरका क्षयकुष्ठ अधिकृत विनोद झालगायतले कुष्ठरोग देउता लागेर वा कुनै पापको कारण नभई कीटाणुको कारण लाग्ने गरेको र यसलाई समयमै पहिचान गरी उपचार गरेमा पूर्ण निको हुने बताउँदै यसका लागि सरकारले निःशुल्क जाँच तथा निःशुल्क औषधिसमेत दिने गरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्