Logo
|
Sunday 19th May 2024
Logo

epaper

चिकित्सा शिक्षा विधेयक संसद्‌मा पेस 



सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रोपटक संसदमा पेश गरेको छ । अघिल्लो संसदमा पेश भएको विधेयकमा सहमति जुट्न नसकेपछि निष्क्रिय भएपछि सरकारले फेरि अर्को विधेयक संसदमा पेश गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शुक्रबारको बैठकमा विधेयक पेश गरेका हुन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल शुक्रबार प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा अध्यादेश पेस गर्न रोस्ट्रमतर्फ जाँदै । तस्बिर : अंगद ढकाल

शिक्षा मन्त्रालयले असार २२ मा संसदमा दर्ता गराएको विधेयकमा राखिएको व्यवस्थाको विरोध गर्दै डा. गोबिन्द केसी अनसन बसेपछि संसदमा पेश हुन सकेको थिएन। सरकार र केसीबीच बिहीबार सहमती भएसंगै विधेयक पेश गर्न बाटो खुलेको हो। प्रमुख प्रतिपक्ष कांग्रेसले पनि केसी उठाएको विषय सुनुवाई नभएसम्म विधेयक पेश गर्न नदिने भन्दै विरोध जनाएका थिए।
शुक्रबारको बैठकमा सांसदहरुको सरकार र केसीबीच भएको सम्झौता पत्र सांसदहरुलाई वितरण नगरेसम्म विधेयक पेश गर्न नदिने भन्दै संसद केहीबेर अवरोध पनि भएको थियो। सांसदहरुलाई सम्झौता पत्र वितरण गरेपछि पुन: सदन सुचारु भएको हो।
सरकारले सदनमा दर्ता गरेको विधेयकको विरोधमा सांसद गगन थापा, सरिता गिरी र प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए। सरकारले केसीसँग सम्झौता गरेको भन्दै थापा र गिरीले विरोधको सूचना फिर्ता लिए। सुवालको विरोधको सूचना फिर्ता नलिएपछि निर्णयार्थ पेश गर्दा बहुमतले अस्वीकृत भएको छ।
थापा र गिरीले विरोधको सूचना फिर्ता लिएको र सुवालको सूचना अस्वीकृत भएपछि सभामुख कृष्णबहादुर महराले मन्त्री पोखरेललाई विधेयक पेश गर्न अनुमति दिएको थिए। कन्तिप्पुर दैनिक

प्रतिक्रिया दिनुहोस्