Logo
|
Sunday 19th May 2024
Logo

epaper

नेपाल मेडिसिटीमा स्तन र खाना नलीको क्यान्सर सम्बन्धी सम्मेलन




ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटी अस्पताल र अमेरिकाको विश्वप्रशिद्ध येल न्यु हेभन हस्पिटलको आयोजनामा स्तन र खाना नलीको क्यान्सर रोगको सम्बन्धमा अन्तराष्ट्रिय स्तरको सम्मेलनको हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. सुनिल कुमार शर्मा ढकालले श्रावन १४ गते देखि १६ गते सम्म सम्मेलन हुने जानकारी दिनुभयो ।
नेपाल मेडिसिटी अस्पताल भैँसेपाटीमा आयोजना हुने मेडिसिटि यल ब्रेस्ट एण्ड इसोफेगस कन्क्लेभमा अमेरिकाबाट डा. डिकरम्यान होलिस्टरको नेतृत्वमा ७ जनाको विशेषज्ञ टोलिको सहभागिता रहने छ ।
‘‘उपचार पुनस्र्थापना र भविश्यका आधारहरु’’ मुल नारा रहेको यस समारोहमा नेपालभरीबाट करिब २ सय भन्दा बढि क्यान्सर रोग विशेषज्ञ, शल्यचिकित्सक, फिजिसियन, रेडियोलोजिस्टहरुको उपसस्थिति रहने छ । सम्मेलनमा खासगरि स्तन क्यान्सरको चरणहरु, रेडियोलाजी सेवा, शल्याक्रिया, किमोथेरापी, दुखाइ ब्यवस्थापन लगायत शल्याक्रिया एवं उपचार बारे छलफल गरिने छ ।
स्तन क्यान्सर र खाने नलीको क्यान्सरका जटिल शल्यक्रियाको नेपाल मेडिसिटी अस्पतालको अपरेशन थिएटरबाट प्रत्यक्ष प्रशारणका माध्यमबाट जानकारी आदान प्रदान गरिने छ ।

यस सम्मेलन सर्जिकल, मेडिकल, रेडिएसन क्यान्सर विशेषज्ञ र क्यान्सरसंग सम्बन्धित अन्य सबै विशेषज्ञका लागि फलदायी रहने अपेक्षा राखिएको छ । विभिन्न विधाका क्यान्सर उपचार सेवाबारे अनुभव एवं ज्ञान आदान प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्