Logo
|
Friday 17th May 2024
Logo

epaper

निःशुल्क प्लाष्टिक सर्जरीका लागि तेह्रथुमबाट गरियो ११ जना छनौट



जन्मदै ओठ तथा तालु फाँटेका व्यक्तिहरुको निःशुल्क प्लाष्टिक सर्जरी अपरेसनका लागि तेह्रथुमबाट ११ जनालाई छनौट गरिएको छ । बि.एण्ड.बि अस्पताल ग्वार्को ललितपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, जिल्ला स्वास्थ्य कार्यालय र अपाङ्ग सशक्तिकरण तथा पुनस्र्थापना केन्द्रको सहकार्यमा जिल्लाका विभिन्न स्थानमा छनौट शिविर सञ्चालन भएको थियो ।

जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा गरिएको शिविरबाट जम्मा ११ जना अपरेसनका लागि छनौट भएको नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति श्रीकृष्ण दाहालले बताउनुभयो । अपरेसनका लागि छथर गाउँपालिकाबाट २ जना, लालीगुराँस नगरपालिकाबाट १ जना, म्याङलुङ नगरपालिकाबाट २ जना, फेदाप गाउँपालिकाबाट ४ जना र आठराई गाउँपालिकाबाट २ जना छनौट गरिएको छ । छनौट भएकाहरुलाई तत्काल काठमाडौँ पठाइने नेपाल रेडक्रस सोसाइटीका पुर्णचन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

शिविर मार्फत जन्मिदै ओठ तथा तालु फाटेका, जिब्रो भन्दा माथिको भाग चिरिएको, पहिले अप्रेशन गराई सकेका तर ओठ नमिलेको, नाक बाँङगिएको र गिजामा प्वाल भएका व्यक्तिहरुका लागि निःशुल्क प्लाष्टिक सर्जरीका लागि बिरामी छनौट गरिएको छ । अपरेसनका लागि छनौट भएका विरामी र एक जना विरामी कुरुवालाई आउने, जाने र बस्ने खाने समेत निःशुल्क व्यवस्था गरिएको रेडक्रसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्