Logo
|
Friday 3rd May 2024
Logo

epaper

अस्पतालको शैयाबाट प्रधानमन्त्रीको विज्ञप्ति, भन्नुहुन्छ—‘म अस्पतालबाट चाँडै नै फर्कनेछु’



प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै अस्पतालबाट डिस्चार्ज हुने बताउनुभएको छ । अस्पतालको शैयाबाट आज जारी विज्ञप्तीमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ—‘चिकित्सकले मलाई दिनुभएको जानकारी अनुसार म छिटै नै अस्पतालबाट फर्किनेछु र तपाईं हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ।’
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यप्रति चासो देखाउने सबैलाई धन्यवाद दिनुभएको छ । विज्ञप्तीमा उहाँले भन्नुभएको छ—‘ ‘म प्रति सद्भाव देखाउँदै मेरो स्वास्थ्यप्रति गम्भीर चासो राख्नुहुने सम्माननीय राष्ट्रपनिज्यू, उपराष्ट्रपतिज्यु, माननीय मन्त्रीज्यूहरु, संवैधानिक अंग, विभिन्न दलका नेता मित्रहरु, माननीय सांसदहरु, विभिन्न मुलुकका राजदूत तथा कुनीतिक निकायका पदाधिकारीहरु, विदेशी मित्रहरु, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीदाजुभाइहरु र मेरो आफ्नै पार्टीका नेता कार्यकर्ताहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’
प्रधानमन्त्री ओलीले समाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट आफ्नो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनवश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजीको आफूलाई जानकारी भएको बताउँदै यस प्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोधसमेत गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइ,
मौसमी रुघाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि कात्तिक १२ गतदेखि म त्रिभुवन विश्वविद्यालय अस्पतालको मनमोहन कार्डियोथोराकि भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेको छु । मेरो स्वास्थ्यप्रति यहाँहरु सबैले देखाउनुभएको चिन्ता था शीघ्र स्वास्थ्य लाभको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
समाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनवश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजीको मलाई जानकारी छ । यस प्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।
मुलुकका केही भागमा घटेका अनेपेक्षित घटनाप्रति म संवेदनशील छु । धर्म, संस्कृतिको नामका होस वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुन सक्दैन । यस्ता प्रकृतिका कार्यमा संलग्न जोसुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानून बमोजिम कारबाही गर्छ । दंगा, हुल हुज्जत र हिंसाबाट सामाजिक सद्भाव बिथोल्ने कार्यले केवल सुसानलाई बिथोल्छ । शान्ति सुव्यवस्था भंग गर्ने यस्ता अपराधिक कार्यबाट समृद्धिको हाम्रो महाअभियान बिथोलिन्छ, निकासको मार्ग भत्किन्छ ।
तसर्थ यस्ता कार्य नगर्न र यस्ता कार्यमा कसैलाई पनि नउकास्न म सबैलाई सचेत गराउन चाहन्छु । म सबैलाई धार्मिक तथा समाजिक सद्भाव र शान्ति सुरक्षा प्रतिकूल कुनै पनि घटनाबाट टाढा रहन आव्हान गर्दछु । अपराध कर्ममा संलग्न हुने, अपराधका घटनासँग सम्बन्धि प्रमाणहरु नष्ट गर्ने, अपराधीको वचाउ गर्ने र अनुसन्धानमा बाध अवरोध खडा गर्ने जो सुकैलाई पनि सरकारले कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्छ ।
चिकित्सकले मलाई दिनुभएको जानकारी अनुसार म छिटै नै अस्पतालबाट फर्किनेछु र तपाईंहामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु । विगतमा झैं समग्र देशवासी दिदीबहिनी दाजुभायहरुको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु ।
म प्रति सद्भाव देखाउँदै मेरो स्वास्थ्यप्रति गम्भीर चासो राख्नुहुने सम्माननीय राष्ट्रपनिज्यू, उपराष्ट्रपतिज्यु, माननीय मन्त्रीज्यूहरु, संवैधानिक अंग, विभिन्न दलका नेता मित्रहरु, माननीय सांसदहरु, विभिन्न मुलुकका राजदूत तथा कुनीतिक निकायका पदाधिकारीहरु, विदेशी मित्रहरु, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीदाजुभाइहरु र मेरो आफ्नै पार्टीका नेता कार्यकर्ताहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

प्रतिक्रिया दिनुहोस्