Logo
|
Friday 3rd May 2024
Logo

epaper

नेपाल मेडिसिटी र सिद्धार्थ बैंक अस्पताल बीच विशेष सम्झौता




ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटी अस्पताल र सिद्धार्थ बैंक बीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेश राज महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार अस्पतालले सिद्धार्थ बैंकका कर्मचारी, भिषा डेबिट, तथा क्रेडिट कार्डका उपभोक्तालाई विशेष सहुलियत प्रदान गर्ने सहमति भएको छ ।

अस्पतालका महाप्रबन्धक विजय रिमालले स्वास्थ्य उपचार नेपालीहरुका लागि सहज बनाउन नेपाल मेडीसिटी अस्पतालले सिद्धार्थ बैंकसंग सहकार्य गरी अगााडि बढ्ने बताउनुभयो ।

उहाँले नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी स्वस्थ नेपाली अभियानलाई मूर्त रुप दिन बैंकहरु सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक महर्जनले बैकका ग्राहकहरुलाई सहुलियत र सुविधाजन्य उपचारका लागि नेपाल मेडीसिटीसंग आफुहरुले सहकार्य गरेको र आगामी दिनमा अस्पतालका विभिन्न प्याकेजहरु आफ्ना ग्राहकहरुलाई बैंकको तर्फबाट उपलब्ध गराउने योजना रहेको बताउनुभयो ।

त्यस्तै, उहा“ले जनमानसमा स्वास्थ्य सचेतना वृद्धि गर्न यस किसिमका सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्