Logo
|
Thursday 2nd May 2024
Logo

epaper

बालबालिकालार्इ भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाइँदै



बालबालिकालार्इ भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाइँदै

६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने काम भइरहेको महिला स्वास्थ्य स्वयंसेविका सीता खड्काले जानकारी दिइन्। भिटामिन ए क्याप्सुल सुत्केरी महिलालाई पनि खुवाइएको पनि उनले बताइन्। याे वर्ष ५ वर्ष मुनिका २३ लाख ५६ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ए क्याक्सुल खुवाइने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभरका सबै स्थानीय तहको वडा स्तरमा नै महिला स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए तथा जुकाको औषधि खुवाउँदैछन्। अभियानमा देशभरका ३६ हजार केन्द्रमा ६० हजार महिला स्वास्थ्य स्वयंसेविकासहितको जनशक्ति परिचालन गरिएको छ।

भिटामिन ए क्याप्सुल र जुकाको औषधी  खुवाउने कार्यक्रम प्रत्येक वर्ष कात्तिक २ र ३ गते खुवाइने गरिए पनि याे वर्ष दशैँ परेकाले सरेकाे हाे।

बाल मृत्युदर रोक्न सरकारले २०५० सालदेखि यो अभियान सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्