Logo
|
Thursday 2nd May 2024
Logo

epaper

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज



छातीमा समस्या भएर गत सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनपछि शुक्रबार साँझ डिस्चार्ज हुनुभएको छ । प्रधानमन्त्री ओली टिचिङ अस्पतालबाट सिधै बालुवार फर्किनुभएको छ ।
समस्या निको भएपछि प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएको मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरका निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

आराम हुँदै गएपछि ओलीले बिहीबार अस्पतालमै मन्त्रीहरूलाई बोलाएर आवश्यक निर्देशन दिनुभएको थियो । स्वास्थ्य परीक्षणको रिपोर्ट राम्रो भएपछि चिकित्सकले प्रधानमन्त्री ओलीलर्य डिस्चार्जको सिफारिस गरेका थिए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीको नेतृत्वमा वरिष्ठ नेफ्रोलोजिष्ट प्रा.डडा. दिव्या सिंह र छाति रोग विशेषज्ञ डा.सन्तकुमार दास प्रधानमन्त्री ओलीको उपचारमा संलग्न हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्