Logo
|
Tuesday 7th May 2024
Logo

epaper

डा. गोविन्द केसी अस्वस्थ, मनमोहनको सीसीयूमा भर्ना



 डा. गोविन्द केसी अत्यधिक छाती दुखाइका कारण त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोराक्सिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयूमा भर्ना गरिएका छन् ।

सोमबार बिहान छातीमा केही असहज महसुस भएका कारण उनी अस्पतालको इमरजेन्सीमा देखाउनका लागि गएका थिए। उनी निकट रहेका डा. अभिषेक सिंहका अनुसार डा‍. केसीलाई केही दिन यता राम्रो निद्रा परेको थिएन र छातीमा पनि अप्ठ्यारो महसुस भएको थियो।

‘बिहान इमरजेन्सीमा डा. अरुण सायमीले उहाँको स्वास्थ्य परिक्षण गर्नुभयो। अब्जर्बेसनका लागि सीसीयूमा नै बस्नुपर्ने सल्लाह दिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको हो,’ उनले भने।

उनको अनुसार डा. केसीको थप स्वास्थ्य परिक्षण भइरहेको छ। कान्तिपुर

प्रतिक्रिया दिनुहोस्