Logo
|
Tuesday 7th May 2024
Logo

epaper

९ औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन आजदेखि सुरु



९ औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुदैँ छ । सो सम्मेलन मंसिर १३ देखि १५ गते सम्म चल्ने छ ।
शारीरिक रुपले अशक्त भएकाहरूको उपचारका लागि नयाँ र आधुनिक उपायका विषयमा सो सम्मेलनमा छलफल हुने आयोजकले जनाएको छ ।
सम्मेलनमा हाडजोर्नी सम्बन्धी समस्या भएर हिँडडुल गर्न नसक्नेलाई पुर्नस्थापना कसरी गर्न सकिन्छ भन्ने उदेश्यले सम्मेलनको आयोजना गरिएको नेपाल फिजियोथेरापी संघका महासचिव संगीत कतिला श्रेष्ठले बताउनुभयो ।
सम्मेलनमा अमेरिका, अष्ट्रेलिया, न्युजिल्यान्ड, जापान लगायतका बिभिन्न ६ देशबाट १२ जना डेलिगेट्सहरु आइसकेका छन । साथै बंगलादेश फिजियोथेरापि एसोसियसन र इन्डियन फिजियोथेरापि एसोसियनबाट पनि सहभागिताका  लागि आउदै छन ।
नेपाल फिजियोथेरापी संघका महासचिव श्रेष्ठका अनुसार सम्मेलनमा विभिन्न विधाका विशेषज्ञ डाक्टरहरुलाई एउटै छानामुनि ल्याई छलफल र सुझाब संकलन गरिने छ । सम्मेलनमा हाडजोर्नी विशेषज्ञ, न्युरोलोजिस्ट, फिजियो थेरापिस्ट, प्राध्यापकहरुको सहभागिता रहने छ । सम्मेलनबाट शारीरिक रुपमा अशक्त भएकाहरुलाई पुर्नस्थापना गर्ने विषयमा नयाँ उपचार विधि, प्रविधि के के हुन सक्छन भन्ने विषयमा राय सुझाव संकलन गरिने आयोजकले जनाएको छ । सम्मेलनमा १६ जनाले कार्यपत्र पेस गर्दै छन ।
विगतको वर्षभन्दा  यसवर्षको सम्मेलन धेरै नै फरक र बृहत हुने महासचिव श्रेष्ठको जनकारी दिनुभयो । उहाँ भन्नुहुन्छ ‘पहिला रजिस्ट्रेसन अन्तिम दिन सम्म खुल्ला हुन्थ्यो तर यस वर्ष मान्छे धेरै भएकाले सम्मेलन सुरु हुनुभन्दा आठ दिन अगाडि नै रजिस्ट्रेसन बन्द गर्नुप¥यो ।’ उहाँका अनुसार क्यापसिटि चारसय जनाको हो तर पाँच सय भन्दाबढि भएकाले बन्द गरिएको हो ।
यो सम्मेलन २ वर्षमा एक चोटि हुने गर्दछ । सम्मेलनका साथ साथै महाधिवेसन पनि हुदैँ छ । सम्मेलनको पहिलो दिन १३ गतेका राष्ट्रिय ट्रमा सेन्टर र नेपाल मेडिसिटिमा एकै साथ हुदैँ छ भने दोस्रो दिन धुलिखेल हस्पिटल र तेस्रो दिन शंकर होटल लाजिम्पाटमा कार्यक्रम हुने छ । महाधिवेसनको चुनाव र नयाँ केन्द्रिय कार्य दलको चयन तेस्रो दिन हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्