Logo
|
Thursday 2nd May 2024
Logo

epaper

फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा



नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरिमिनायामा निर्माणाधीन अत्याधुनिक ल्याण्डफिल साइट (फोहर प्रशोधन केन्द्र) को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

“अब तीन महीनाभित्र यसको निर्माण सकिन्छ र हामी सञ्चालनमा ल्याउँछौँ”, नगरप्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो, “नेपालगन्जले अब कम्तीमा ४० वर्षसम्म फोहरी शहरको नियति भोग्नु पदैन ।”

अङ्ग्रेजी वर्ष २०१८ डिसेम्बरमा निर्माण सम्पन्न भइसक्नुपर्ने ल्याण्डफिल साइट निर्माणको शुरुआती चरणमा जग्गा विवादका कारण ढिलाइ भएको थियो । “जग्गा विवादका कारण पटकपटक म्याद थप गरिएकाले निर्माणमा ढिलाइ भए पनि अब त्यसो नहुने र तीन महीनाभित्र ल्याण्डफिल साइट सञ्चालनमा आउनेछ”, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालको भनाइ छ ।

एशियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास आयोजनाअन्तर्गत रु ३३ करोड ८८ लाख २७ हजारको लागतमा ल्याण्डफिल साइटको निर्माणकार्य शुरु भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्