Logo
|
Thursday 2nd May 2024
Logo

epaper

काठमाडौं न्युरोले गर्यो थाहा नगरपालिकामा २ सयको स्वास्थ्य परीक्षण (फोटो फिचरसहित)



काठमाडौंको सुन्धारास्थित काठमाडौं न्युरो एण्ड जनरल अस्पताल (काठमाडौं भ्याली अस्पताल) ले मकवानपुरको थाहा नगरपालिकाको बज्रबाराही चौकीमा गरेको वृहत् निःशुल्क स्वास्थ्य शिविरमा २ सय जनाले लाभ प्राप्त गरेका छन् ।

सो अवसरमा उनीहरुले न्युरो सर्जरी, न्युरोलोजी, प्रशुति तथा स्त्री रोग, हाड जोर्नी तथा नशा, दम तथा छाति रोग जनरल फिजिसियन सेवा प्राप्त गरेका थिए । सामाजिक उत्तरदायित्वअन्तर्गत सो ठाउँमा शिविर सञ्चालन गरिएको अस्पतालले जनाएको छ । अस्पतालले स्वास्थ्य शिविरमा हेरिएका कुनै पनि बिरामीको परीक्षण गर्नुपरेमा ३० प्रतिशत छूट गरेको छ भने शल्यक्रिया गर्नुपरेको अवस्थामा अस्पतालले बिरामीहरुलाई १५ प्रतिशत छुट दिने घोषणा गरेको छ । शिविरमा दम तथा छाति विशेषज्ञ सुरजकुमार गुप्ता, न्युरो सर्जन अनिस मान सिंह, जनरल फिजिसियन डा. प्रतिक पौडेल, मेडिकल अफिसर मन्दिप भट्टराई, एनेस्थेटिक लुःज मानन्धर, मेडिकल अफिसर सुनिल भण्डारी, मेडिकल अफिसर कञ्चन घिमिरे, दन्त विशेषज्ञ डा. मिना गुप्ता, नर्सहरु भण्डारी, दीक्षा पौडेल, सविना पाण्डे, एचए सागर महर्जन, फर्मासिष्ट रेशम आचार्य शिविर संयोजक उमेश खत्रीको महत्वपूर्ण भूमिका रहेको थियो । यस्ता शिविरहरु अन्य ठाउँहरुमा पनि लैजाने अस्पतालका प्रशासन प्रमुख लक्ष्मण महर्जनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्