Logo
|
Thursday 2nd May 2024
Logo

epaper

वयोधा केयर डे मा एक दर्जन कर्मचारी सम्मानित (फोटो फिचरसहित)



काठमाडौंको बल्खुस्थित वयोधा हस्पिटलले अस्पतालका संस्थापक अध्यक्ष डा. श्यामबहादुर पाण्डेको जन्मजयन्तीको अवसरमा वधोया केयर डे को शुरुवात् गरेको छ । स्वर्गीय डा. पाण्डेको ७७ औं जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा हरेक वर्षको जनवरी ८ तारेकलाई हस्पिटलले वयोधा केयर डे का रुपमा मनाउने घोषणा गरेको छ । सो अवसरमा वक्ताहरुले डा. पाण्डेको काम र विध्वतालाई सम्झेका थिए । डा. पाण्डे एक असल चिकित्सक भएको अस्पतालका कार्यकारी प्रमुख रवि चौधरीले बताउनुभयो । डा. प्रकाश राज पाण्डे, डा. राम नाथ सिंहलगायतका चिकित्सकहरुले डा. पाण्डे चिकित्सक मात्र नभएर एक असल गुरु भएको सम्झना गरेको थिए । वयोधा केयर डे का अवसरमा डा. पाण्डेकी छोरी संगीता पाण्डेले अस्पतालमा उत्कृष्ठ काम गरेका एक दर्जन कर्मचारीलाई सम्मान स्वरुप कदर पत्र प्रदान गर्नुभएको थियो । डा. पाण्डे सैनिक अस्पतालका वरिष्ठ फिजिसियन हुनुहुन्थ्यो । त्रिचन्द्र मेलिटरी अस्पतालमा सन् १९७७ मा डा. पाण्डेले नेपालमा पहिलोपटक इन्डोस्कोपी सेवा शुरु गर्नुभएको थियो । उहाँको दुवै मिर्गौला फेल भएर केही महिना अघि निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्