Logo
|
Thursday 2nd May 2024
Logo

epaper

चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, डा.केसी अपरान्हदेखि इलाममा अनशन बस्दै



सरकार र डा.गोविन्द केसीबीच भएको संझौता विपरित शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेको छ। समितिको बुधबार बसेको बैठकले पारित गरेको हो।

२३ सदस्यीय समितिमा नेकपाका १५, कांग्रेसका ६ र राजपाका २ जना सांसद छन्।कांग्रेस सांसद गगन थापाले समितिको बैठकमा सरकारले डा. केसीसँग संझौता गरी धोका दिएको बताउँदै फरक मत राखेका थिए।उनले डा. केसीसँग गरिएको संझौता अक्षरश:कार्यान्वयन हुनुपर्ने माग गरेका थिए।

उनको फरक मतसहित समितिमा रहेका सदस्यको बहुमतले उप-समितिबाट समितिमा पेश गरिएको विधेयक सामान्य  छलफल गरी पारित गरेका थिए। बैठकमा समिति सदस्य एवं नेकपा सांसद योगेश भट्टराईले संझौता अनुसार विधेयक पारित गरिएको दावी गरे।

सरकारसँग भएको संझौताविपरित विधेयक पारित भएपछि डा.केसी अपरान्ह ४ बजेदेखि इलाममा अनशन बस्दैछन्।उनले अनशन कहाँ बस्ने सोको बारे भने निर्णय भएको छैन। अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस्