Logo
|
Sunday 19th May 2024
Logo

epaper

चिकित्सा शिक्षा विधेयक पारित गराउने तयारी



%#& ;ef;bsf] x:tfIf/
;+ljwfg;ef ejg gofF afg]Zj/df ;+ljwfg;efsf %#& ;ef;bn] g]kfnsf] ;+ljwfg, @)&@ df x:tfIf/ ug'{ePsf] 5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

सरकारले आज पनि प्रतिनिधि सभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित सहितको कार्यसूची तय गरेको छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोधका कारण स्थगित हिजोको बैठकका लागि तय कार्यसूचीलाई नै आजको बैठकमा समेत निरन्तरता दिने संघीय संसद सचिवालयले जनाएको छ । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको अनशनकाबीच सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ ।

चिकित्सा शिक्षा विधेयक पारित गर्नेसँगै लोक सेवा आयोग विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी, कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक, विशेष आर्थिक क्षेत्र पहिलो संसोधन विधेयक र भूउपयोग विधेयक टेवल गर्ने कार्यसुची रहेको सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने आफ्ना माग सम्वोधन नभएसम्म आजको बैठक पनि चल्न नदिने बताएको छ ।

कांग्रेसका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल कुन निकायले सञ्चालन गर्ने भन्ने सरकारले स्पष्ट पानुपर्ने कांग्रेसले अडान लिएको छ । अहिले प्रदेश सरकार पूर्ण अधिकार सम्पन्न भई नसकेकाले दुबै अस्पताल केन्द्र सरकारकै मातहतमा हुनुपर्ने उसको माग छ ।

यस्तै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले उठाएका माग सम्वोधन गर्नुपर्ने पनि कांग्रेसले अडान लिएको छ । चिकित्सा शिक्षा विधेयकमा भएको व्यवस्था अनुसार डा. केसीको माग सम्बोधन नभएको कांग्रेसको तर्क छ । कांग्रेसले यसअघि हिजो पनि संघीय संसदका दुबै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक अवरुद्ध गरेको थियो ।   नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्