Logo
|
Monday 20th May 2024
Logo

epaper

स्वास्थ्यचौकी निर्माणका लागि जग्गादान



गाउँमा स्वास्थ्यचौकी निर्माणका लागि सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित तमसुइया निवासी मागेन साहले जग्गादान गर्नुभएको छ ।

सिरहाको नवराजपुर गाउँपालिकाको आग्रहमा साहले स्वास्थ्य केन्द्र स्थापनाका लागि आफ्नो पाँच कट्ठा सात धुर जग्गादान गर्नुभएको हो । लहानबाट १६ किलोमिटर दक्षिणमा पर्ने नवराजपुर गाउँपालिकामा स्वास्थ्यचौकी नहुँदा स्थानीय बासिन्दालाई उपचारको लागिसमेत घुमाउरो बाटो प्रयोग गरेर लहान वा भारतको दरभङ्गा जानुपर्ने बाध्यतालाई महसुस गरी गाउँमा स्वास्थ्यचौकी स्थापनाका लागि जग्गादान गरेको जग्गादाता साहले जानकारी दिनुभयो ।

नवराजपुर गाउँपालिकाका अध्यक्ष विश्वमोहन यादवले जग्गादाता मागेन साहको योगदानले गाउँमा स्वास्थ्य केन्द्र निर्माण हुने वातावरण सहज भएको र अब स्वास्थ्य केन्द्र निर्माण गर्ने बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्