Logo
|
Sunday 19th May 2024
Logo

epaper

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एलपी आरएफ सेन्टी फ्यूज उपकरण जडान



कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक एलपी आरएफ सेन्टी फ्यूज उपकरण जडान गरिएको छ । कर्णाली प्रदेशमा रहेका अस्पतालमध्ये जुम्ला अस्पतालमा पहिलो पटक यो उपकरण जडान गरिएको हो ।

यो उपकरणले लामो समयसम्म बल्झिएका घाउलाई निको हुन सहयोग गर्दछ । पछिल्लो समयमा लामो समयसम्म घाउ भएर संक्रमण भोगिरहेका बिरामीको मागका आधारमा यो उपकरण जडान गरिएको प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले बताउनुभयो । उहाँका अनुसार यो उपकरण जडान भएपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । अस्पतालको प्रयोगशाला कक्षमा जडान गरिएको सो उपकरणले यहाँका वर्षौँ देखि निको हुन नसकेका घाउबाट प्रभावित बिरामीको उपचारमा सहयोग पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रयोगशाला प्रमुख विवेक पुनमगरले यो उपकरणले जस्तोसुकै ठुलो घाउ निको गर्न सक्ने बताउनुभयो । उहाँका अनुसार प्लेन ट्युवमा नौ एमएल रगत सङ्कलन गरेर १२ मिनेट सेन्टी फ्यूज गर्नुपर्छ । त्यसपछि एलपी आरएफ लेयर बन्छ । इन्स्टुमेण्टले दबाब दिएर बनेको लेयर बिरामीको घाउमा लेप लगाइन्छ । इस्टिम सेलपछि घाउमा हिलिङ गरेर घाउलाई निको पार्ने काम गर्छ ।

यो उपकरण नेपालका केही अस्पतालमा मात्रै जडान भएको छ । लामो समयसम्म घाउ निको नभएका बिरामीलाई अहिले जिल्लामै यो उपकरण जडान हुँदा निकै राहत मिलेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रक्त सञ्चार केन्द्र, आइसीयुजस्ता अत्याधुनिक उपरकण जडान भइसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्