Logo
|
Sunday 19th May 2024
Logo

epaper

पत्रकार सुवेदीको उपचारका लागि सहयोग सङ्कलन अभियान



कलेजो र पित्तनलीको समस्याले थलिनु भएका मोफसलका पत्रकार अर्जुन शर्माको उपचारका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा, ओमकुमारी शान्ति कोषलगायत सङ्घ संस्थाहरूले बेनी नगरपालिका–९ जम्रेनीका सुवेदीको उपचारका लागि आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरेका हुन् ।

पत्रकार महासङ्घको बिहीबार बसेको बैठकले शाखाकोतर्फबाट रु १० हजारका साथै सदस्यबाट स्वेच्छिकरुपमा सहयोग उपलब्ध गराउने निर्णय गरेको शाखा अध्यक्ष तारानाथ शर्माले जानकारी दिनुभयो ।

सिद्धार्थ बैंकको बेनी शाखाका कर्मचारीले खाजा खर्च कटाएर रु आठ हजार २०० सहयोग गरेका छन् । अस्टे«लीयामाा बसोबास गर्दै आएका म्याग्दी जलजला परिवारले सञ्चालन गरेको अभियानबाट बिहीबारसम्म एक हजार ५०० डलर सङ्कलन भएको सुवेदीका आफन्त मुक्ति सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीलाई उपचारका लागि केही दिनअघि भारतको गङ्गाराम अस्पतालमा लगिएको छ । मध्यम वर्गीय परिवारका सुवेदीको उपचारका लागि रु ४० लाखभन्दा बढी आवश्यकपर्ने परिवारले जनाएका छन् । पत्रकार सुवेदी एक दशकदेखि नागरिक दैनिकमा कार्यरत हुनुहुन्छ ।रासस

प्रतिक्रिया दिनुहोस्