Logo
|
Sunday 19th May 2024
Logo

epaper

असहाय गरीब बिरामीलाई निःशुल्कमा उपचार गर्ने सहमति



असहाय गरीब बिरामीको निःशुल्क उपचारका लागि सिरहाको कर्जन्हा नगरपालिका र कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलबीच सहमति भएको छ ।

हस्पिटलका मेडिकल डाइरेक्टर डा शिवशङ्कर साहको अध्यक्षतामा बसेको बैठकमा लामो समयदेखि बन्द रहेको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालन गर्ने सहमति भएको कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार प्रसूति सेवा निःशुल्क गर्ने, शल्यक्रिया गरेर बच्चा निकाल्दा निःशुल्क गर्ने, साधारण प्रसूतिमा २४ घण्टा र बढी ग्रसित प्रसूतिमा ४८ घण्टा श्यया निःशुल्क गर्ने र गरीब, असहाय व्यक्तिका लागि सकेसम्म निःशुल्क उपचार गर्नेलगायतका विभिन्न विषयमा सहमति भएको छ ।

गरीब असहाय व्यक्तिलाई निःशुल्क उपचार गर्नका लागि नौ सदस्यीय समितिसमेत गठन गरिएको छ । समितिमा नगरपालिकाका तर्फबाट पाँच जना र हस्पिटलबाट चार जना गरी गठित नौ सदस्यीय समितिले वास्तविक गरीब, दलित पहिचान गरी सहजरुपमा उपचारको व्यवस्था मिलाउने नगर प्रमुख पासवानले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्