Logo
|
Wednesday 8th May 2024
Logo

epaper

शहिद गंगालाल हृदयकेन्द्रको २३ औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न



शहिद गंगालाल हृदयकेन्द्र मंगलबारदेखि २३ औँ वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सव समारोह उपप्रधानमन्त्रि एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको हो । नवनिर्मित क्याथल्याव भवन, क्याथल्याव मेसिन र ६४० स्लाइसको अत्याधुनिक कार्डियाक सिटि स्क्यान मेसिनको उत्घाटन मन्त्री यादवले गर्नुभएको थियो ।
केन्द्रले बिसं. २०५५ देखि बहिरंग सेवा मार्फत हालसम्म करिब १६ लाख ४५ हजार बिरामीहरुको स्वास्थ्य परिक्षण गरिसकेको छ । केन्द्रको वार्षिकोत्सव समारोहमा अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले सन् २०१८ मा १लाख ६४ हजार ५ सय २८ जना बिरामीको बहिरंग सेवा मार्फत स्वास्थ्य परिक्षण गरेको जानकारी दिनुभयो ।

                                                     ६४० स्लाइसको कार्डियाक सिटिस्क्यान मेसिन

त्यस्तै हालसम्म करिब ६५ हजार बिरामीहरुको बिभिन्न खालका क्याथ प्रोसिड्योर गरिएको छ । करिब २२ हजार बिरामीहरुको मुटुको शल्यक्रिया भएका छन् । केन्द्रमा गत वर्ष इलेक्ट्रोकाडिर्योग्राम (इसिजि) बाट ७५ हजार १ सय ७५, इकोकार्डियोग्राम ६२ हजार ८ सय ९०, एक्स रेबाट ५७ हजार ४ सय ८८, टिएमटिबाट १० हजार ९ सय ७७, फेटल इकोबाट ८ सय ५९, क्यारोटिड डोप्लरबाट ६ सय २० का साथै अन्य खाले नन् इन्भेसिभ परिक्षण उल्लेख्य मात्रामा भएका छन् । साथै ८ हजार ६ सय ८ क्याथ प्रोसिड्योर गरिएको छ जसमा कोरोनरि एन्जियोग्राम (सिएजि) ४ हजार ५ सय ७७, कोरोनरी एन्जियोप्लाष्टि (पिटिसिए) १ हजार ६ सय ७४, पिटिएमसि ३ सय ४५, इपिएस/आरएफए ३ सय ९९, डिभाइस क्लोजर्स तिनसय २५ र पेसमेकर ७ सय २१ प्रत्यारोपन गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. शर्माले बताउनुभयो ।
त्यसै गरि गत वर्ष १८ सय ३७ वटा विभिन्न खालका मुटुका शल्यक्रिया गरिएको छ । हालसम्म १६ हजारभन्दा बढि ओपन हार्ट सर्जरी केन्द्रमा भइसकेको छ । केन्द्रमा सन २०१७ मा केन्द्रमा भर्ना भइ उपचार गराउने बिरामिहरुको सँख्या १२ हजार ३ सय २३ रहेको छ । यसै वर्ष देखि सञ्चालनमा आएको सिटि स्क्यानबाट १ हजार ४ सय ६३ जना बिरामीहरुलाई सेवा प्रदान गरिसकेको छ । घृदयघात भएर तुरुन्तै अस्पताल आइपुग्ने बिरामीहरुलाई २४ सै घण्टा प्राइमरि एन्जियोप्लाष्टिको सेवा केन्द्रले प्रदान गरिरहेको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माका अनुसार केन्द्रमा मुटुको चाल गढबढि भएका बिरामीलाई अत्याधुनिक थ्रि डि म्यापिङ् पद्दतिबाट उपचार तथा विशेष प्रकारको सिआरटि तथा सिआरटिडि सफलताका साथ गरिदैँ छ । मुटुको जन्मजात प्वाल भएका, भल्व साघुँरोभएका बिरामीलाई अपरेशन नगरि डिभाइस क्लोजर पद्धतिबाट गरिने सेवा प्रदान उल्लेखनीय संख्यामा वृद्धि भएको छ । सानो घाउमात्र बनाएर गरिने शल्यक्रिया मिनिमल इन्भेसिभ सर्जरी केन्द्रमा नियमित रुपमा भइरकेको छ ।

केन्द्रले प्रदान गर्ने सेवा गुणस्तरिय भरपर्दो र प्रभावकारी बनाउनका लागि गत आ.व.मा अत्यावश्यक उपकरण एवं औजारहरु खरिद गरिएको केन्द्रका कार्यकारी निर्देशक डा.शर्र्माले बताउनुभयो ।केन्द्रमा ६४० स्लाइसको कार्डियाक सिटिस्क्यान मेसिन सञ्चालनमा आइसकेको छ । नयाँ क्याथल्याब जडानभएपछि केन्द्रले ४ ओटा क्याथल्याबाट सेवा प्रदान गरिरहेको छ ।
कार्यकारी निर्देशक डा. शर्मा भन्नुहुन्छ, –‘ अस्पताललाई पेपरलेस सिस्टममा अघि बढाउनका लागि यसै वर्षबाट इन्टिग्रेट हस्पिटल सिस्टम सफ्टवेर सञ्चालन गरिएको छ ।’
मुटुरोगको उपचारमा नेपाल सरकारले अत्यन्तै महत्व दिएको छ । बिगत केहि वर्ष देखि नेपाल सरकारले १५ वर्षभन्दा मूनिका बालबालिका तथा ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई केन्द्रमा निशुल्क उपचार गर्ने ब्यवस्थाका लागि बजेट प्रदान गरेको छ । चालु आर्थिक वर्षमा सो प्रयोजनका लागि नेपाल सरकारले १३ करोड बिनियोजन गरेको छ । बिना अपरेशन मुटुको साँघुरिएको भल्भ खोल्ने प्रविधि (पिटिएमसि) को लागि १ करोड ७५ लाख बिनियोजन गरेको छ । बाथ मुटुरोगिहरुको सम्पुर्ण शल्यक्रिया निशुल्क गर्ने कार्यक्रम सञ्चालनको लागि चालु आ.व.मा सरकारले १५ करोड ९० लाख बिनियोजन गरेको डा. शर्माले बताउनुभयो । यसै आर्थिकवर्षमा विपन्न आकस्मिक उपचारको लागि १ करोड बिनियोजन गरिएको छ । बिपन्न तथा असाहाय बिरामीको लागि गम्भिर प्रकृतिको मुटुरोगको उपचारका लागि प्रतिबिरामी एकलाख अनुदान नेपाल सरकारले प्रदान गरेको छ ।
केन्द्रलाई आत्मनिर्भर बनाउन जनशक्ति तथा प्रविधिको विकास र बिस्तारमा केन्द्र गम्भिर भएर लागिपरेको केन्द्रका पुर्व कार्यकारी निर्देशक डा. भगवान कोइरालले बताउनुभयो ।

अत्याधुनिक  क्याथल्यावको अवलोकन गर्नुहुदैँ उपप्रधानमन्त्रि एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, सचिव चन्द्रकुमार घिमिरे साथमा डा. भगवान कोइराला र डा. ज्योतीन्द्र शर्मा

केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माका अनुसार विभिन्न शिक्षण तथा तलिम सम्बन्धी कार्यकक्रमहरु सञ्चालन भइसकेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सँग सहकार्य गरि मुटुरोगको क्षेत्रमा उच्च शिक्षाको अध्यापन जारि छ । केन्द्रका विशेषज्ञहरुलाई तालिमका लागि विदेशका उत्कृष्ठ संस्थामा पठाउने तथा युरोप अमेरिकाका विशेषज्ञलाई बोलाएर तालिम उपलब्ध गराउने प्रकृया सुचारु भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, –‘केन्द्रमा यति धेरै गुणस्तरिय काम हुँदा हुदैँ पनि एकेडेमिक प्रतिष्ठान नभएको कारणले देशको आवश्यकता अनुसार जनशक्ति उत्पादन तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिएको छैन ।’
प्रमुख अतिथि उपप्रधानमन्त्रि एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सर्ने भन्दा नसर्ने रोगको प्रकोप बढ्दो क्रममा भएको यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने तर्फ ध्यानकेन्द्रित गर्नुपर्ने बताउनुभयो । मुटु सम्बन्धी बिरामी बढ्नुमा बढ्दो प्रदुषण, गुणस्तरहिन खाना, सडक निर्माणकार्य, बाहिरबाट आएका खाद्यन्नको राम्रो जाँच गर्ने सिस्टम नभएको लगाएतका विविध कारणले मुटुसम्बन्धी रोगलाई प्रमोट गरेको उहाँले बताउनुभयो । रोगका कारक तत्वको बारेमा रिसर्च गर्न चिकित्सकलाई सुझाव दिनुभयो । यो केन्द्र मुलुकको गर्व गर्न लायकको संस्थाको बनिसकेकोले यसलाई हार्ट सेन्टरको रुपमा बिकास गर्नुपर्छ । बिकास गर्दा विज्ञान तथा प्रविधिको युग भएकोले प्रविधिसँग जोडेर लैजानुपर्ने कु्रामा जोड दिनुभयो । लाइन लागेर उपचार गर्ने प्रथालाई परिवर्तन गर्नुपर्छ । अव स्वास्थ्य क्षेत्रलाई डिजिटलाइजेसन गर्नुपर्छ यसबारेमा स्वास्थ्य मन्त्रालयमा छलफल भइरहेको उपप्रधानमन्त्रि एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जानकारी दिनुभयो ।

उपत्यका बाहिर सेवा विस्तार गर्ने उदेश्यले नेपालगञ्जको भेरी अञ्चल अस्पताल संग केन्द्रले सम्झौता गरेको छ । उक्त अस्पतालका चिकित्सक, नर्स तथा अन्य प्यारामेडिक्स जनशक्तिलाई तालिम प्रदान गर्नुका साथै नेपाल सरकारको सहयोगमा क्याथल्याब जडान गरिएको छ । जनकपुर अञ्चल अस्पतालको हाताभित्र केन्द्रको आफ्नै भवन निर्माण गरि हृदय रोग सम्बन्धी सेवा आज बाट सुरु गरेको गरेको छ । भविश्यमा सेवा बढाउदै लगेर क्याथल्याव र मुटुको शल्यक्रिया गर्ने लक्ष्य केन्द्रले राखेको छ । यि दुइ स्थान बाहेक प्रत्यक प्रदेशमा नेपाल सरकारको सहयोगबाट कम्तिमा एक शाखा विस्तार गर्ने लक्ष्य लिएकोे छ ।

प्रतिक्रिया दिनुहोस्