Logo
|
Monday 20th May 2024
Logo

epaper

देउराली जनता फर्मास्युटिकल्स २८ औँ वर्षमा, ३ सय २० थरीका औषधि उत्पादन



नेपाली औषधि उत्पादनको क्षेत्रमा निरन्तर सेवा पु्ुर्याइरहेको देउराली जनता फर्मास्युटिकल्स बुधबारदेखि २८औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्व समारोह उप–प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको आतिथ्यतामा भएको थियो ।
काठमाडौंको टोखा नगरपालिका धापासीस्थित कम्पनीले ‘गुणस्तरीय उत्पादन हाम्रो पहिचान, समृद्ध नेपाल हाम्रो अभियान’ भन्ने मूल नारासहित वार्षिकोत्सव समारोह मनाएको हो ।
वार्षिकोत्सव समारोहका प्रमुख अतिथि उप–प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि निजी संस्था २८ वर्षको अवधिसम्म टिक्न सक्नु ज्यादै नै उपलब्धिपूर्ण भएको बताउनुभयो । नेपाल सरकारले मूल्य निर्धारण गरेका सयभन्दा बढी औषधि अन्य मुलुकबाट आयात हुने गरेको बताउनुभयो ।
कम्पनीले रोजगारी सिर्जना गरेर देशको आवश्यकतामा टेवा पु्ुर्याइरहेको मन्त्री पोखरेलले बताउनुभयो । उहाँले कम्पनी आफ्नो निर्वाचन क्षेत्रभित्र रहेको भन्दै सोही निर्वाचन क्षेत्रका योग्यता पुगेका व्यक्तिहरूलाई नै रोजगारी दिन कम्पनी सित आग्रह गर्नुभयो ।

औषधि व्यवस्था विभागमा महानिर्देशक नारायणप्रसाद ढकालले औषधि उत्पादनको प्रविधिका हिसाबले नेपाल आत्मनिर्भर हुन नसक्दा बाहिरबाट धेरै प्रविधि ल्याउनुपर्ने भएकाले औषधि उत्पादन व्यवसाय तुलनात्मक रूपमा अन्य व्यवसायजस्तो लाभको क्षेत्र नभएको बताउनुभयो । नेपालमा करिब २२ हजार औषधि पसल रहेकामा ६ हजार सरकारी औषधि विक्रीकेन्द्र रहेको उहाँले जानकारी दिनुभयो ।

कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले कम्पनी औषधिको गुणस्तर स्थापित गर्न लागिपरेको बताउनुभयो । कम्पनीले हाल ५ सय ७ जनालाई रोजगारी प्रदान गरी ३ सय २० थरीका औषधि उत्पादन गर्दै आएको शर्माले जानकारी दिनुभयो । कम्पनीका उत्पादन गुणस्तरका हिसाबले अन्तर्राष्ट्रियस्तरको भएको उहाँको दाबी थियो । देशको अर्थतन्त्र बलियो बनाउन कम्पनी स्वाधीन हुन चाहेको बताउनुभयो ।
नेपाली औषधि उत्पादक कम्पनीहरूले विदेशमा समेत लगानी गर्न सक्ने व्यवस्था मिलाई स्वदेशी उत्पादनलाई विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण सरकारले बनाइदिनुपर्ने उनको तर्क थियो । वार्षिकोत्सव समारोहमा कम्पनीमा १० देखि २५ वर्षसम्म सेवा गरेका कर्मचारीलाई दीर्घसेवापदक तथा पुरस्कारद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्