Logo
|
Thursday 9th May 2024
Logo

epaper

रुघाखोकी प्रभावित क्षेत्रमा विशेषज्ञ डाक्टर पठाउने तयारी



जुम्ला — मौसमी रुघाखोकीबाट ९ जनाको मृत्यु भए पछि हुम्लाको ताजाकोट गाउँपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ चिकित्सकसहितको टोली पठाउने तयारी गरेको छ ।

 

हुम्लामा मौसमी रुघाखोकीका कारण ९ जनाको मृत्यु भएको खबर पाएपछि विशेषज्ञ चिकित्सक सहितको टोली हुम्ला पठाउने तयारी भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर औषधिसहित विशेषज्ञ चिकित्सलाई हुम्ला पठाउने तयारी गरिरहेको उनले बताए ।

हुम्लाको दक्षिणी भेगमा अवस्थित ताजाकोट गाउँपालिकामा मौसमी रुघाखोकीबाट तीन सातामा ९ जनाको मृत्यु भैसकेको छ । स्वास्थ्य कार्यालयले रोग निदान हुन नसके पनि मौसमी रुघाखोकीले मृत्यु भएको हुन सक्ने जनाएको छ । कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्