Logo
|
Tuesday 7th May 2024
Logo

epaper

अझै पनि छ झारफुकको चलन !



 चिकित्सा विज्ञानमा झारफुकको कुनै स्थान नभए पनि अझै पनि झारफुकले धेरैको बिमार निको हुन विश्वास हटेको छैन । राजधानी उपत्यकामै बालबालिका बिरामी पर्दा झारफुक गर्ने चलन छँदैछ । नेपाल देवता, अजिमा आदिले छुने भन्दै झारफुक गरिन्छ र कतिपय माता भनिने वा अरूको समेत पेशा जस्तै बनेको छ झारफुक ।
जयवागेश्वरीमा डोनट बनाउने पेशाका ५० वर्षीय सुभाष आचार्य दैनिक कम्तीमा पनि ५० बालबालिकाको झारफुक गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ,‘झारफुक गर्न आउँछन्, नभ्याए पनि बालबालिकालाई फुकफाक गर्छु ।’
जयवागेश्वरीमा डोनट बनाउने पेशासँगै झारफुक गर्ने आचार्यजस्ता अरु पनि छन् । आचार्यका अनुसार जन्मने वित्तिकै मरेका शिशु, नाबालकमै मरेका र गर्भपतन गरिएका परिवारमा जन्मिएका बच्चा र पाठेघरमा गर्भ बस्न नसकेर सुकेका भ्रुण भोगेको परिवारमा जायजन्म भएका बालबचचामा स्वयम्भु अजिमाको दोष देखा पर्छ र तिनलाई फाकफाक गरेर जाति हुन्छ ।
यो दोष आमामा देखा पर्दा बुटी जन्तर बाँधिने उहाँ बताउनुहुन्छ । आचार्यका अनुसार यसको मन्त्र भन्नै हुन्न र फुकफाक गर्दा मात्र मनमनै गुन्गुनाउने हो । हाँडिगाउँको कृष्ण मन्दिर चौबाटोमा पनि सुकदेव वुर्कुटीको छोरीको पसलमा बस्नुहुन्छ । पिता भक्तदास नामी झारफुके भएको र आफूले पनि पिताको निधनपछि झारफुक गर्दै आएको बताउनुहुन्छ ।
रत्नपार्क टुँडिखेल छेउ बसेका यस्ता कतिपय झारफुकेले त अमेरिक खाडी मुलुकको भिसा समेत झारिदिने दावा गर्छन् । भिसा झार्न झारफुके खोज्दै हिँड्नुभएका काभ्रे तिमालका शुक्र लामाका अनुसार खाडी जान चाहने निकैको झारफुकबाटै भिसा झारिएको दावी यस्ता झारफुकेको छ तर धेरैको विश्वास छैन ।
‘प्रायः दोवाटोका पसल तथा डोनट पसलमै किन झारफुक गरिन्छ ? यो आश्चर्य छ’, काठमाडौँ जयवागेश्वरीका पञ्चराम महर्जनको भनाइ छ । चिकित्सक भने फारझुकको चिकित्सा विज्ञानमा नभएको बताउँछन् ।
आनन्द खेरा फेमिलि एन्ड फ्रेन्ड ट्र्रस्टका डा. पदमराज भारती भन्नुहुन्छ,‘‘ चिकित्सा पद्धति विकसित हुनुपूर्व झारफूकको अस्तित्व थियो होला तर अहिले जटिल जीवाणु लगायतले सङ्क्रमण वा अन्य कारणले मानिस बिरामी हुन्छ । झारफुकको पछि लाग्नु हुन्न । बिरामी भएपछि स्वास्थ्य संस्थामै जानु राम्रो हुन्छ । ’’गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्