Logo
|
Monday 6th May 2024
Logo

epaper

बर्ड फ्लूकाे कारण नेपालमा पहिलाे पटक एककाे मृत्यु



नेपालमा २१ वर्षीय एक युवकको बर्ड फ्लूकाे कारणा मृत्यु भएको छ । नेपालमा बर्ड फ्लूको कारण मृत्यु भएको यो पहिलो घटना हो।

ती युवा गत चैत १० गते ज्वरो र रुधा खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए।उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो। तर, श्वासप्रश्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो। उनको मृत्युपछि परीक्षणकाको लागि पठाइएको र्‍यालमा एच फाइब एन वान पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।उनको र्‍यालको नमूना परीक्षणका लागि जापान पठाइएको थियो। उक्त नमूनाको नतिजा बैशाख १७ गते मंगलबार नेपाल आएको थियो।घटनाको जानकारी गराउन बिहीबार स्वास्थ्य मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मृतकको नाम खुलाइएको छैन। नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्