Logo
|
Monday 6th May 2024
Logo

epaper

काँचाे मासु खाँदा एकै गाउँका १५ बिरामी



डोटीको आदर्श गाउँपालिका १ मेलगडा गाउँमा बाख्राकाे काँचो मासु खाँदा १५ जना बिरामी परेका छन् । शनिबार दिउँसो सँगै बसेर काँचो मासु खाने १५ जनाको समस्यामा आएको स्थानीय दिपक खड्काले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय दिपायलकाे अनुसार काँचाे मासु खाएर गम्भीर बिरामी परेकामा आदर्श गाउँपालिका–१ भेलगडाकी नौ वर्षीया सरस्वती खड्का, सोही वडाका २९ वर्षीय प्रेम खड्का, ३८ वर्षीय पदम खड्का, २६ वर्षीय नारायण खड्का, १३ वर्षीया पार्वती खड्का, ११ वर्षीया कल्पना खड्का, २७ वर्षीया इस्सरादेवी खड्का, तीन वर्षीया उर्मिला खड्का रहेका छन् ।

त्यसैगरी अन्य बिरामी हुनेमा आर्दश गाउँपालिका–१ भेलगडाकी दुई वर्षीया एलिसा खड्का, सोही वडाका आठ वर्षीय रोशन खड्का, ४० वर्षीया शान्तिदेवी खड्का, सात वर्षीय रोहन खड्का रहेका छन् भने अन्य तीन ३२ वर्षीया मानी खड्का, १३ वर्षीय नारद खड्का र १२ वर्षीया अनिशा खड्काको गाउँमै उपचार भइरहेको छ ।

उनीहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । सामान्य अवस्थामा रहेका मानि खड्का, नारद खड्का र अनिसा खड्काको स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर फर्किएका छन् । बिरामीहरू खतरामुक्त रहेको शैलेश्वरी अस्पतालका निर्देशक आइजंक कुँवरले जानकारी दिए । नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्