Logo
|
Monday 6th May 2024
Logo

epaper

सुत्केरी जोगाउँदै प्रदेश सरकार



 

गाउँमा सुविधायुक्त स्वास्थ्य संस्था नहुँदा केही वर्षअघिसम्म सत्केरी व्यथा लागेपछि उपचार नपाएर बाटैमा मृत्युवरण गर्नुपर्ने स्थिति थियो। सडक सञ्जालको पहुँच नपुगेको र हवाई यात्रामा सम्भव नभएपछि कतिपय सुत्केरीले बाटैमा त कतिले उपचार कुर्दै घरमै ज्यान गुमाउनुपरेको थियो।

पछिल्लो केही वर्षयता कर्णालीमा मातृशिशु मृत्युदर घट्दै गएको छ। महिला तथा बालबालिका मन्त्रालयलको समन्वयमा ऐयर एम्बुलेन्स सेवा सुरु भएपछि सम्पर्कमा आएका बिरामी समयमै अस्पताल पुग्न पाएका छन्। बुधबार मात्रै एकै दिन दुई जना सुत्केरीको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हेलिकप्टरमार्फत उद्धार गर्‍यो। आमाको सुरक्षा गर्न सके मात्रै समाज सुरक्षित हुने भन्दै सुत्केरी व्यथा लागेका महिलामा अप्ठ्यारो भएको खबर पाउनासाथ मन्त्रालयले हेलिकप्टर पठाउन सुरु गरेको छ।

हुम्लाको चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत ३३ वर्षीया अनमी निशा नेपालीलाई बुधबार बिहान एअरलिफ्ट गरेको मन्त्रालयले दिउँसो दुई बजे पुनः ओदानचुली गाउँपालिका–१ की ३५ वर्षीया राजकला महताराको उद्धार गरेको हो। अनमी निशा तीन दिनदेखि स्वास्थ्य चौकीमा उद्धारका लागि छट्पटाइरहेकी थिइन्। उनको स्थायी घर घोराही नगरपालिका–१५ मा पर्छ। जागिरका लागि चंगेलीमा बस्दै आएकी अनमी नेपालीलाई गर्भपतन गराउँदा अत्यधिक रक्तस्राव भएको थियो।

त्यहाँ बचाउन नसकिने अबर आएपछि सरकारले सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको र उपचारका लागि प्रदेश अस्पताल पुर्‍याएको छ। यस्तै, राजकला महताराका पनि दुई छोरा एक छोरी छन्। मंगलबार रातिबाट सुत्केरी व्यथा लागेकी महताराको सालनाल पहिले नै खसेका कारण बच्चा जन्माउन सकिनन्। सडक सञ्जालको पहुँच नपुगेको र हवाई यात्रामा सम्भव नभएपछि कतिपय सुत्केरीले अकालमै ज्यान गुमाउनुपरेको थियो।

हुम्लामा उपचार सम्भव नभएपछि सामाजिक विकास मन्त्रालयमा परिवारले गुहार मागे। तत्कालै सामाजिक विकासमन्त्री दल रावलको निर्देशनमा हेलिकप्टर पठाएर उद्धार गरियो। महतरालाई रिसिभ गर्न मन्त्री रावल सुर्खेत विमानस्थल पुगेका थिए। उनको पनि प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, शुक्ररबा मात्रै डोल्पाबाट दुई जना गर्भवतीको उद्धार गरी प्रदेश अस्पताल पुर्‍याइएको छ। सबै क्षेत्रमा गुणस्तरीय चिकित्सा सेवा नभएका कारण सुत्केरी बचाउन ऐयर एम्बुलेन्सको विकल्प नभएको मन्त्री रावलले बताए। भनेकै समयमा उद्धार भएपछि मन्त्री रावललाई उनका पति वृष महताराले भगवान् भन्दै ढोगेका थिए। कर्णालीका विकट जिल्लामा स्तरीय स्वास्थ्य संस्था नभएका कारण सुत्केरी महिलाको ज्यानको सधँै खतरा हुने गरेको मन्त्री रावलको भनाइ छ।०७४÷७५ मा प्रदेश सरकारको समन्वयमा सात जना सुत्केरी महिलाको उद्धार गरिएको थियो। चालु वर्षमा पनि १८ जना सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको मन्त्री रावलले जानकारी दिए। ‘हामी अहिले आमा बचाउने अभियानमा छौं, दुई करोड रुपैयाँ सुत्केरी आमा बचाउन विनियोजन गरेका थियौं’, उनले भने, ‘करिब एक करोड जगेडा छ, कतै अप्ठ्यारो परेको खबर पाउनासाथ तत्काल हेलिकप्टर पठाउनेछौं, आमा बचाउन सके मात्र हाम्रो समाज जीवित रहन्छ।’

काठमाडौंबाट हेलिकप्टर मगाउँदा एक पटकमा ८ लाखजति खर्च हुने गरेको छ। हेलिकप्टरले प्रतिघण्टा एक लाख १० हजारदेखि एक लाख २० हजारसम्म भाडा लिने गरेका छन्। सरकारले एक हेलिकप्टर सुर्खेतमै राख्न माग गरेको बताउँदै अबको ६ महिनाभित्र सेनाले ४ वटा हेलिकप्टर कर्णालीमा राख्ने गरी जग्गा व्यवस्थापन भइसकेको मन्त्री रावलले जानकारी दिए। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्