Logo
|
Friday 10th May 2024
Logo

epaper

आयुर्वेदमा तानिए बिरामी



पछिल्लो समय आयुर्वेद उपचारमा बिरामीको आकर्षण बढेको छ  । विभिन्न ३० प्रकारका रोगको उपचार गर्दै आएको जिल्ला आयुर्वेद औषधालयमा दैनिक २५ जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्  ।बिरामीको संख्या प्रत्येक वर्ष बढिरहेको तर दरबन्दी अनुसारका डाक्टर, कविराज र वैद्य नहुँदा उपचारमा समस्या भएको कार्यालय प्रमुख डाक्टर राजकुमार मिश्रले बताए । श्वासप्रश्वास, दम, अमलपिक्त, ग्याष्टिक, मधुमेह, जन्डिस, रत्तचाप, बाथ, छालाजन्य रोग, मूत्रजन्य रोग, नाक, कान, घाँटी, पायल्स्, पिनास, हातखुट्टाका जोर्नी दुख्ने लगायतका रोगबाट ग्रसित धेरैजसो बिरामीले आयुर्वेदिक उपचार पद्धति नै रोज्ने गरेको डाक्टर मिश्रले बताए ।

ग्रामिण क्षेत्रदेखि शहर बजारका बिरामी समेत पछिल्लो समय उपचारका लागि आयुर्वेदिक पद्धति अपनाउन थालेका छन् । आयुर्वेदिक पद्धतिबाट उचार गरीएका धेरै बिरामीको रोग निदान समेत भएको छ ।

जसले गर्दा बिरामीको आकर्षण आयुर्वेद उपचार तर्फ बढेको आयुर्वेद जिल्ला आयुर्बेद स्वस्थ्य केन्द्र म्याङलुङले जनाएको छ । हाल प्रदेश सरकार मातहत आएको आयुर्वेद स्वास्थ्य केन्द्रमा प्रयाप्त औषधी र दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुदा बिरामीको उपचारमा समस्या भएको प्रमुख मिश्रको भनाई छ ।

गत आवमा ४ हजार २ सय २९ बिरामी उपचारका लागि आएका आयुर्वेद स्वास्थ्य केन्द्रमा आएका थिए । दरबन्दी अनुसारका डाक्टर, कविराज, बैद्य लगायतका स्वास्थ्यकर्मी नहुँदा भने धेरै बिरामीले चिकित्सकीय सेवा पाउन नसकेको औषधालयले जनाएको छ । औषधालयमा गत आवमा २ हजार १ सय ६५ महिला र २ हजार ६४ पुरुष बिरामीले उपचार गराएका थिए ।

यी मध्ये ३ सय ५० बिरामी जन्मेदेखि १४ वर्ष उमेर समूहका रहेको औषधालयको बिरामी दर्ता पुस्तिकामा रेकर्ड छ । यसले के देखाउँछ भने आयुर्वेद उपचार पद्धतिप्रति महिला र बालबालिकाको समेत आकर्षण बढेको छ ।

निरन्तर पेट दुखेपछि उपचारका लागि जिल्ला आयुर्वेद औषधालयमा आएकी आम्वुङकी ५७ वर्षीय गोमादेवी दाहालले आयुर्वेद उपचारमा विश्वास लागेर आएको बताइन् । जिल्लाभरका बिरामीको चाप जिल्लामा रहेको आयुर्वेद औषधालयमा बढ्न थालेपछि विभागको स्वीकृतिमा संक्रान्ति र लसुने बजारमा पनि आयुर्वेद औषधालयका शाखा सञ्चालनमा ल्याइएका छन् ।

तर स्वास्थ्यकर्मी अभावमा सदरमुकाम बाहिर खोलिएका केन्द्रमा आउने बिरामीलाई भरपर्दो सेवा दिन समस्या भएको डाक्टर मिश्रले वताए । जिल्लाका यि दुवै शाखामा एक जना वैद्य र एक जना कार्यालय सहयोगीको भरमा औषधालय सञ्चालन भैरहेका छन् ।
सात जना आयुर्वेद स्वास्थ्यकर्मीको दरवन्दी रहेको जिल्ला आयुर्वेद औषधालयमा लामो समय देखी एकजना डाक्टर र एक जना कविराज मात्र कार्यरत छन् ।

डाक्टरसहित दुई जना वैद्य हुनुपर्ने औषधालयमा एकजना कविराज मात्र कार्यरत छन् । जिल्ला आयुर्वेदमा रहेका दुई वैद्यमध्ये एकलाई लसुने पठाए पछि जिल्लामा आउने बिरामीलाई सेवा दिन थप समस्या भएको औषधालयले जनाएको छ । डाक्टर, दरबन्दी अनुसारका आयुर्वेद स्वास्थ्यकर्मी र कर्मचारी पठाइदिन विभाग र मन्त्रालयमा पटक पटक लिखित र मौखिक अनुरोध गर्दा पनि सुनुवाइ नभएको औषधालयले जनाएको छ ।स्रोतः कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्