Logo
|
Friday 10th May 2024
Logo

epaper

शिविरमा २३१ जनाको उपचार



सर्केगार्ड गाउँपालिकाको वडा नम्बर आठको राहदेउ र फुचा गाउँमा २३१ जना मौसमी रुघाखोकीका बिरामीहरुको चिकित्सकहरुको टोलीले उपचार गरेको छ । मौसमी रुघाखोकी फैलिएको जानकारी आएपछि पालिका केन्द्र सर्केगार्डमा शिविर संचालन गर्न गएको जिल्ला अस्पतालका डाक्टर दुर्गा सुर्खालीको नेतृत्वमा १३ सदस्यीय टोलीले उक्त गाउँमा सोमबार बिहानै गएको थियो ।
मौसमी रुघाखोकी प्रभावित क्षेत्रमा गएको डाक्टर सुर्खालीको उपचार गरेको र त्यसमा विशेष गरेर बृद्धबृद्धा तथा बालबालिकाहरु धेरै भएको टोलीमा संलग्न एचए लबी रावतले बताउनु भयो । गाउँमा सो रोग भएको र शिविरमा उपलब्ध भएका सबै बिरामीहरुको उपचार भएको उहाँले बताउनु भयो । सदरमुकाम सिमकोटबाट दुई दिन पैदल लाग्ने भएपनि सर्केगार्डमा शिविर संचालन गर्न गएको चिकित्सकको टोलीले गाउँलेको मौखिक खबरमा टोली औषधी सहित गएको उहाँले बताउनु भयो । केही दिन अगाडी दुई जना साठी वर्ष माथिका बृद्धाहरुको दम संगै लागेको रुघाखोकीको कारण मृत्यु भएको थियो । गाउँमा फैलिएको झाडा पखाला तथा ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएका बिरामी भेटिएको एचए रावतले बताउनु भयो । यस अघि सर्केगार्डमा सोही टोलीले पाँच सय भन्दा बढीको उपचार गरेको थियो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्