Logo
|
Friday 10th May 2024
Logo

epaper

जडिबुटी निकासी सुरु



jadibuti सिमकोट विमानस्थलमा रोएिको सेतक चिनी जडिबुटी निकासी सुरु भएको छ । काठमाडौं फर्केका नीजि विमानहरु नेपालगंज फिर्ता भए संगै रोकिएको जडिबुटी निकासी सुरु भएको हो ।
दुई दिनमा २५ क्वीन्टल सेतक चिनी नेपालगंज पठाउन सफल भएको जडिबुटी व्यापारी रति सुनारले बताउनु भयो । केही अगाडीसम्म संकलन तथा छुट पुर्जीको समस्याले रोकिएको जडिबुटी तीन साता यता विमानहरु काठमाडौं फर्के पछि रोकिएको थियो । अहिले जहाजहरु नेपालगंज फिर्ता आएपछि रोकिएको जडिबुटी पठाउन सफल भएको उहाँले बताउनु भयो । हिजोआज सुनारको मात्र होईन अन्य एक दर्जन भन्दा बढी जडिबुटी व्यापारीको सेतक चिनी निकासी सुरु भएको उहाँले बताउनु भयो । हुम्ला जिल्लामा यस वर्षबाट संकलन सुरु भएको सेतक चिनी निकासी नहुँदा व्यापारीहरु छ महिना देखि हैरानीमा परेको भए पनि अहिले आएर केही सहज भएको जडिबुटी संघका अध्यक्ष राम बहादुर भण्डारीले बताउनु भयो । हाल ४० क्वीन्टल जडिबुटी अध्यक्ष भण्डारीले पनि निकासी गरेको बताउनु भयो । चालु आर्थिक वर्षमा हुम्ला जिल्लाबाट पाँच सय क्वीन्टल सेतक चिनी निकासी गर्न सकिने डिभिजन वन कार्यालयका निमित्त प्रमुख लोकजंग शाहीले बताउनु भयो । सिमकोटबाट हाल रोकिएको सेतक चिनीलाई तारा, समिट र सीता एयरले प्रतिकेजी साठी रुपियाँमा ढुवानी गर्दै आएका छन् भने सरकारलाई राजस्व पनि असुली भएको छ । गोरखापत्रबाट

 

प्रतिक्रिया दिनुहोस्