Logo
|
Tuesday 7th May 2024
Logo

epaper

१३ अर्बको औषधि आयात



 चालु आर्थिक वर्षको ९ महिनामा वीरगन्ज नाकाबाट १२ अर्ब ८० करोड रुपैयाँ बराबरको औषधि आयात भएको छ । गत आवको यसै अवधिमा यो नाका हुँदै ११ अर्ब ९७ करोड रुपैयाँ बराबरको औषधि आयात भएको थियो ।

मूल्यको आधारमा चालु आवमा यो नाकाबाट आयात भएका मुख्य १० वस्तुको सूचीमा एलोपेथिक औषधि आठौं नम्बरमा परेको छ ।

एलोपेथिक औषधि आयात गर्दा ५ प्रतिशत भन्सार शुल्क लाग्छ । भिटामिन औषधिमा भने १५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । भन्सारले ६७ करोड १२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्