Logo
|
Saturday 20th April 2024
Logo

epaper

४.५ प्रतिशत नेपालीलाई थायराइड !



हरेक वर्ष मे २५ तारेखलाई विश्व थाइराइड दिवसका रुपमा मनाउने गरिएको छ । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरिएको छ ।
विश्व थायराइड दिवस २०१९ को अवसरमा ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल, काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टर र लाइन्स क्लव अफ काठमाडौंको संयुक्त आयोजनामा ललितपुरमा जनचेतनामुलक प्रभातफेरि गरिएको छ ।

सयौं व्यक्तिको सहभागितामा जावलाखेल,कुमारीपाटी, मंगलबजार, पुल्चोक परिक्रम गरिएको थियो । यसैबीच अस्पतालले बिहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म निशुल्क स्वास्थ्य शिविर चलाएको छ ।

नेपालको जनसंख्याको ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड हुनसक्ने चिकित्सकहरुको अनुमान छ ।
थाइराइड बढ्नुको मुख्य कारणहरुमा आयोडिनको कमी, वंशाणुगत, विकिरण थेरापीको प्रयोग, तनाव, अत्यधिक औषधिको सेवन, मेनोपाँज, आदि मानिएको छ ।
इन्डोक्राइनोलोजिष्ट डाक्टर अशुंमाली जोशी शरीरमा आयोडिनको तत्व थोरै र धेरै भएमा थायराइड ग्रन्थीलाइ असर गर्ने बताउनुहुन्छ । कसैलाई थायराइड ग्रन्थी कम र कसैलाई बढी हुन्छ ।

थाइराइड पहिचानका लागि रगत परीक्षण, थाइराइड स्क्यान, भिडियो एक्सरे आदि गर्नुपर्छ ।
के हो थाइराइड रोग ?
मानव शरीरमा रहेको रुद्रघण्टीको तलतिर रहने ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ । यो पुतली आकारको हुन्छ । यो ग्रन्थीले हर्मोन उत्पादन गर्छ । यो हर्मोनले शरीरमा मोटावोलिजम नियन्त्रण गर्छ । थाइराइडलाई पिट्युटरी ग्रन्थीले नियन्त्रण गर्छ । यी हर्मोनहरुको शरीरको बृद्धि विकासमा अहम् भुमिका हुन्छ । थाइराइड ग्रन्थीमा देखिने समस्याबाट हर्मोन उत्पादनमा असन्तुलन हुन्छ र रोग लाग्छ । यसलाई थाइराइड रोग भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्