Logo
|
Friday 3rd May 2024
Logo

epaper

तानसेनमा निःशुल्क स्वास्थ्य शिविर



पाल्पाको तानसेनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । मुटु, मिर्गौला तथा दमका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो ।

शिविरमा सात सय चारजनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये चार सय आठजनाको इसिजी, दुई सय ४० जनाको इको, एक सय ३९ जनाको ल्याब तथा २१ जनाको पिएफटी  परीक्षण गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमल भण्डारीले जानकारी दिए ।

रोटरी क्लब अफ पाल्पा तानसेन, तानसेन नगरपालिकाको संयुक्त आयोजना र गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरको पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले उद्घाटन गरेका थिए ।

मुटु अस्पतालले पाल्पामा सञ्चालन गर्ने डायलाइसिस सेन्टरका लागि आवश्यक स्थान चाँडै उपलब्ध गराउने जिल्ला समन्वय समिति पाल्पाका सभापति दयाराज बस्यालले बताए । कार्यक्रममा अस्पतालका अध्यक्ष एजाज आलमले गाउँगाउँमा गई स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्य राखिएको बताए । नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्