Logo
|
Sunday 5th May 2024
Logo

epaper

हेमोग्लोबिनको कमीले हुन्छ रक्तअल्पता



रगतमा हेमोग्लोबिन नामक तत्व हुन्छ । हेमोग्लोबिन बन्नका लागि आइरन आवश्यक हुन्छ । रगतमा आइरन र प्रोटिनको मात्रा कम भएमा हेमोग्लोबिनमा समेत कमी हुने गर्छ । आवश्यक मात्रामा हेमोग्लोबिन बन्न नसक्दा रगतको रङ फिक्का हुने गर्छ, जसलाई रक्तअल्पता भएको भनिन्छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका करिब ४१ प्रतिशतमा रक्तअल्पता (एनिमिया)को समस्या भएको पाइएको थियो ।
कारण 

पोषणको अभाव, हार्मोनमा आउने परिवर्तनका कारण महिनावारीमा गडबडी, उच्च रक्तश्राव र वंशाणुगत कारणले किशोरीमा रक्तअल्पताको समस्या हुने गर्छ ।

सामान्यतया, गर्भ रहेको चार महिनापछि गर्भवतीमा रक्तअल्पताको समस्या हुने गर्छ । आफूलाई चाहिने सबै तत्व बच्चाले आमाको शरीरबाट लिन्छ । यसर्थ, आमालाई नै रक्तअल्पता भएको खण्डमा बच्चालाई पनि हुने उच्च सम्भावना रहन्छ ।

लक्षण

  •  हेमोग्लोबिनको मात्रा कम हुँदा शरीरका विभिन्न भागमा अक्सिजनयुक्त रगत पु-याउने क्षमतामा ह्रास आउँछ । फलस्वरूप शरीरलाई आवश्यक अक्सिजनको कमी हुन गई श्वासप्रश्वासमा समस्या देखिन्छ ।
  •  रक्तअल्पता भएकी गर्भवतीले च्चा जन्माउन एकदमै गाह्रो हुने, ज्यान समेत जान सक्ने, बच्चा कम तौलको जन्मिने वा बच्चाको मृत्युसमेत हुन सक्छ। सकुशल जन्मिएको अवस्थामा पनि बच्चाको शारीरिक विकास पूर्ण रूपमा नहुने तथा विभिन्न रोग देखिने गर्छ ।
  •  रक्तअल्पता भएपछि रोगसँग लड्ने क्षमतामा एकाएक कमी आउने गर्छ । त्यस्तै, कमजोरी महसुस हुने, थकाइ लाग्ने र हिँड्दा स्वाँ–स्वाँ हुनेजस्ता समस्या देखिन्छन् । रक्तअल्पता बढ्दै गएमा मुटुको चालमा समस्या देखापर्छ । रोकथाम र उपचार
  •  महिनावारी गडबडी, गर्भावस्था र प्रसूतिको समयमा राता रक्तकोष बाहिर जाने भएकाले रक्तअल्पता हुने गर्छ । यस्तो अवस्थामा रगतमा हेमोग्लोबिनको मात्रा परिपूर्ति गर्न आइरनयुक्त खानेकुरा खान आवश्यक हुन्छ ।
  •  त्यस्तै, गेडागुडी, सागसब्जी, फलफूल, माछा, मासु, अन्डा, सुप र दाल स्ता खनिजयुक्त पदार्थ नियमित रूपमा खानुपर्छ ।
  •  गर्भवती महिलाले समय–समयमा स्वास्थ्य परीक्षण गराइराख्नुपर्छ । रक्तअल्पता भएको पाइएमा चिकित्सकको सल्लाहबमोजिम उपचार
  • गर्नुपर्ने हुन्छ ।
  •  प्रसूतिको क्रममा धेरै रगत बगेको खण्डमा समेत रक्तअल्पताको जोखिम हुन्छ ।

रोकथाम र उपचार

  •  महिनावारी गडबडी, गर्भावस्था र प्रसूतिको समयमा राता रक्तकोष बाहिर जाने भएकाले रक्तअल्पता हुने गर्छ । यस्तो अवस्थामा रगतमा हेमोग्लोबिनको मात्रा परिपूर्ति गर्न आइरनयुक्त खानेकुरा खान आवश्यक हुन्छ ।
  •  त्यस्तै, गेडागुडी, सागसब्जी, फलफूल, माछा, मासु, अन्डा, सुप र दाल स्ता खनिजयुक्त पदार्थ नियमित रूपमा खानुपर्छ ।
  •  गर्भवती महिलाले समय–समयमा स्वास्थ्य परीक्षण गराइराख्नुपर्छ । रक्तअल्पता भएको पाइएमा चिकित्सकको सल्लाहबमोजिम उपचार
  • गर्नुपर्ने हुन्छ । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्