Logo
|
Sunday 19th May 2024
Logo

epaper

कामदारको स्वास्थ्य जाँच्न ९९ संस्था



 श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ वटा संस्था छनोट भएको जानकारी आइतबार परराष्ट्र मन्त्रालयमार्फत मलेसियाली सरकारलाई पठाउने भएको छ ।

‘मापदण्ड पूरा गरी छनोट भएका स्वास्थ्य संस्थाको सूची मलेसियालाई पठाउँछौं, उसको रेस्पोन्स के आउँछ, त्यसअनुसार अघि बढ्छौं,’ श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले  भने । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न श्रम मन्त्रालयले ९९ संस्थालाई अनुमति दिएको छ । यो अनुमतिसँगै कामदार मलेसिया जान रोकिएको पछिल्लो प्रमुख एक कारण टुंगिएको छ । मन्त्रालयका तर्फबाट खटिएको प्राविधिकसहितको विशेषज्ञ टोलीले २ सय ९० संस्थामध्ये मापदण्ड पूरा गरेकालाई मान्यता दिएको हो ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले सम्भवत: एक महिनाभित्र क्वालालम्पुरमै द्विदेशीय संयुक्त संयन्त्रको बैठक बसेर धेरै कुरा निर्क्योल हुने जानकारी दिए । उनले मेडिकल छनोट पनि कामदार पठाउने एउटा प्रमुख आधार भएकाले मलेसिया सरकारले तोकेको मापदण्डअनुसार नेपाल सरकारले छनोट गरेका स्वास्थ्य संस्थाबारे मलेसिया सरकारले निर्णय दिने बताए ।

मलेसिया कामदार पठाउन दुवै देशका टेक्निकल कमिटीको बैठकसहित अझै केही प्रक्रिया बाँकी भएको श्रम मन्त्रालयले जनाएको छ । श्रम सचिव महेशप्रसाद दाहाल र मलेसियाका मानव संसाधनमन्त्री एम. कुलासेगरनको अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलन क्रममा जेनेभामा असार ३ गते (जुन १८) भेट हुँदा एक महिनाभित्र टेक्निकल कमिटीको बैठक बस्ने कुरा भएको थियो । मलेसियासँग कात्तिक १२ गते भएको श्रम समझदारीअनुसार मेडिकलसहित कामदार जाँदा लाग्ने खर्च मलेसियाको रोजगारदाताले व्यहोर्नुपर्छ ।

श्रममन्त्रीस्तरीय निर्णयअनुसार असार १९ गते स्वास्थ्य संस्था छनोट भएको निर्णय शुक्रबार सार्वजनिक भएको थियो । पहिला मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ३७ मेडिकल सूचीकरण भएपछि सिन्डिकेट भन्दै अरू स्वास्थ्य व्यवसायीले विरोध गरेका थिए । मन्त्रालयले चैत १८ गते सूचना संस्थालाई सूचीकरणका लागि आह्वान गरेको थियो । हालको सूचीकरणमा ती ३७ मध्ये ३६ संस्था मादपण्डमा परेका छन् । मापदण्डमा १ सय ३८ संस्था परेका छैनन्, जसमध्ये पहिल्यै मापदण्ड पूरा नभएका ५३ संस्था थिए । मन्त्रालयका अनुसार सूचीकरणका लागि निवेदन दिएकामध्ये ४३ संस्थाले निवेदन फिर्ता लिएका छन् । सूचीकरणका लागि धरौटी जम्मा नगरेका, कुनै पनि सामान नभएका, सम्पर्कमा नआएका र अनुगमन नभएका ४ संस्था छन् । नेपाल मेडिकल व्यवसायी संघका पूर्वअध्यक्ष खड्गबहादुर श्रेष्ठले सिन्डिकेट तोकिएको बताए । मलेसिया सरकारले दिएको तथ्यांकमा अहिले मलेसियामा ३ लाख ६५ हजार नेपाली छन् । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्