Logo
|
Sunday 19th May 2024
Logo

epaper

बिशाक्त च्याउ खाएका अर्का बिरामीको पनि मृत्यु



 

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ७ दाराङमा बिशाक्त च्याउ खाएर बिरामी भएका १९ बर्षीय बर्दलाल चेपाङको मृत्यु भएको छ ।

बिशाक्त च्याउ खाएर बिरामी भएका एकै परिवारका सदस्यमध्ये यसअघि बर्दलालकी १३ बर्षीया बहिनी बुन्जीमायाको मृत्यु भइसकेको छ । च्याउ खाएर बुन्जीमायाको मृत्यु भएपछि सख्त बिरामी भएका उनका बुवा दिपबहादुर, दाई बर्दलाल र सातबर्षका

भाई सोम सिंहलाई हेलिकोप्टरमार्फत उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल लगिएको थियो ।

अस्पताल लगिएको एक सातापछि शुक्रबार राति बर्दलालको मृत्यु भएपछि उनीहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारको व्यवस्था गरिरहेको संस्था लिसा हिमालय इभी जर्मनीका परियोजना निर्देशक अन्जनप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बर्दलालका सातबर्षका भाई सोमसिंहको उपचार चितवन मेडिकल कलेजको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । बुवा दिपबहादुरको स्वास्थ्यमा उल्लेख्य सुधार आएको पौडेलले जानकारी दिनुभयो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्