Logo
|
Sunday 19th May 2024
Logo

epaper

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बू गंगालालको निमित्त कार्यकारी निर्देशक



शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त कार्यकारी निर्देशकमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बू नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निवर्तमान कार्यकारी निर्देशक वरिष्ठ मुटु सर्जन डा. ज्योतीन्द्र शर्माको ४ वर्षे कार्यवधि हिजो साउन २७ गते सकिए लगत्तै अस्पतालको सम्पूर्ण प्रशासनिक कामलाई सुचारु राख्न डा. लिम्बूलाई कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पेको छ ।
निवर्तमान कार्यकारी निर्देशक डा. शर्मालाई दोस्रो कार्यकाल दोहोर्याउन उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आग्रह गरेका थिए तर डा. शर्माले नमानेपछि केन्द्रमा रिक्त रहेको कार्यकारी निर्देशकमा तत्कालका लागि डा. लिम्बूलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा डा. लिम्बू विगत २० वर्षदेखि मुटुरोग विशेषज्ञको रुपमा काम गर्दै आउनुभएको छ । डा. लिम्बूलाई कार्यकारी निर्देशकमा निरन्तरता दिने वा अर्को नयाँ व्यक्ति ल्याउने भन्ने बारे आगामी मन्त्रीपरिषद्को बैठकले निर्णय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्