Logo
|
Sunday 19th May 2024
Logo

epaper

चितवनमा सडक दुर्घटनाबाट गम्भीर घाईते एक बिरामीको ॐ अस्पतालबाट हेलि रेस्क्यू



काठमाडौंको चाबहिलस्थित ॐ अस्पताल तथा रिसर्च सेन्टरले आज चितवनमा सडक दुर्घटनामा गम्भीर घाईते एक बिरामीको हेलि रेस्क्यू गरेको छ ।


भरतपुरस्थित एक अस्पतालमा प्रारम्भिक उपचार गराइरहेका गम्भीर बिरामी प्रेमकुमार चौधरीलाई ॐ अस्पतालको हेली इएमएस टिमले आज (साउन २८ गते) अपरान्ह रेस्क्यु गरेको हो ।

उनको टाउको र फोक्सो बाहिर रगत जमेको, मिर्गौलामा चोट लागेको, मेरुदण्ड भाँचिएको र कम्मर मुनी प्यारालाईसिस भएको छ । उनको अहिले ॐ अस्पतालको सघन उपचार कक्षमा क्रिटिकल केयर बिशेषज्ञ डा.प्रमेश सुन्दर श्रेष्ठ, डा बिपिन कार्की, अर्थो स्पाइन सर्जन डा.गौरव राज ढकाल, डा कजन राज श्रेष्ठ, डा चन्द्रमान प्रजापति लगायतका डाक्टरहरुको टिमले उपचार गरिरहेको छ ।
रेस्क्युका लागि ॐ अस्पतालको सघन उपचार कक्षमा कार्यरत इन्टेसिभिष्ट डा. बिपिन कार्की र सघन उपचारका नर्सिङ्ग इन्चार्ज सबिना ढकाल चितवन गएका थिए । हेली एभरेष्टको कल साइन ‘नाइन एन एकेपि’ हेलिकप्टरका क्याप्टेन सुरज थापा हुनुहुन्थ्यो ।

देशको भूगोल अनुसार छिटो भन्दा छिटो सघन तथा बिशिष्ट उपचार सेवा देशभर पुर्याउने लक्ष सहित बिगत केहि समययतासडक एम्बुलेन्ससँगै हेली इएमएस सेवा सुरु गरेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले बताउनुभयो ।
अस्पतालले देशको दुर दराजमा र दुर्गम स्थानहरुमा रहेका स्वास्थ्यमा गम्भिर समस्या रहेका बिरामीहरुलाई बिशेषज्ञ चिकित्सक दक्ष नर्स र जिवन रक्षक औषधि तथा भेन्टिलेटर सहितका आवश्यक सामग्रीहरु सहित हेलिकप्टरमा पुगेर मेडिकल इभ्याकुएसन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्