Logo
|
Monday 6th May 2024
Logo

epaper

जहाँ नेपाल आर्मी र स्वास्थ्यकर्मीले बचाउँछन् सुत्केरी महिलाकोे ज्यान



बझाङ जिल्ला तल्कोट गाँउपालिका–७ की १८ वर्षीया पुजा विष्ट नजीकै रहेको धमेना स्वास्थ्य चौकीमा सुत्केरी हुन बैशाख ४ गते पुग्नु भयो । स्वास्थ्य चौकीमा बच्चा जन्माउन त सफल भईन तर साल अड्कीए पछि निकै समस्या भयो । उनलाई त्यहाँ बाट जिल्ला अस्पतालमा रिफर गरियो । उनका आफन्तहरुले हतारहतारमा जिल्ला अस्पतामा पु¥याए । जिल्ला अस्पतालमा पु¥याउनसम्म उनको शरीरबाट धेरैै रगत बगी सकेको थियो । अत्याधिक रक्त श्रापका कारण उनको ज्यान नै खतरामा थियो । डाक्टरले ओ पोजेटीभ रगत तत्कालै खोज्न आग्रह ग¥यो । सामान्यतया मानिसमा १२ देखी १८ ग्राम प्रतिशत रगतको आवश्यक हुन्छ तर विष्टको शरिरमा जम्मा ४ ग्राम प्रतिशत रगत मात्र बाँकी थियो । स्वास्थ्यकर्मीले विष्टका ससुरा गोर्या विष्टलाई रगत खोज्न आग्रह गरेपछी उनी अलमलमा परे ।
उनले आफन्त सबै चिनजान भएकाहरुसंग ओ पोजेटीभ रगतको माग गर्दै आफ्नो बुहारीको ज्यान बचाई दिन आग्रह गरे । तर रगत दिने मान्छे नै भेट्टाउन सक्नु भएन । उनी निराश भएर डाक्टर कहाँ पुगे र आफूले रगत खोज्दा खोज्दै हैरान भएको र कतै पनि रगत भेटाउन नसकको कुरा डाक्टरलाई बताए । अरु विकल्प नलागेपछि जिल्ला अस्पतालका कार्यालय प्रमुख सन्दिप ओखेडाले सग्राम सार्दुल गुल्म पानकोटका ब्यारेकका तत्कालीन सेनानी केदार प्रसाद लामिछानेलाई उक्त समस्या बारे बताए । तत्कालै सेनानी लामीछानेले गुल्ममा कार्यरत ३ जना ज्ञान बहादुर तामाङ, भुवनसिहँ घर्तिमगर र सागर जप्रेललाई अस्पतालमा पठाई दिए र विष्टलाई आवश्यक रगत दिएर उनको ज्यान बच्यो ।

यस्तै साउन ५ गते मात्रै जयपृथ्वी नगरपालिका वडा नम्बर ११ डाँडागाँउकी २१ वर्षीया गिता जोशी सुत्केरी हुन जिल्ला अस्पतालमा पुग्नु भयो । उनको समेत साल अड्की पछि लगातार रत्तश्राव भै रह्यो शरीरमा रगत आवश्यक परेपछि स्वास्थ्यकर्मीहरुले उनका आफन्तलाई रगत खोज्न आग्रह गरे तर धेरै कोशिश पछि पनि उनका श्रीमान गजेन्द्र जोशीले रगत नपाएर निराशा भए । धन्न जिल्ला अस्पतालमा नै कार्यरत प्रहरी हवल्दार महेन्द्र बहादुर बम्मको रगत मिल्यो र उनले रगत दिएर मेरो श्रीमतीको ज्यान बचाए जोशीले भने । मैले त आशा नै मारी सकेको थिए । आफ्ना आफन्तहरु सबैलाई रगत खोजी दिन भन्दा भन्दै ३÷४ घण्टा वितीसक्दा समेत रगत नपाईने अवस्था थियो । त्यती बेला नै अस्पताल भित्रै कार्यरत प्रहरी हवल्दारले रगत नदिएको भए जे पनी हुन सक्थ्यो ।
यस्तै जिल्ला अस्पतालमा कार्यरत नारायण प्रसाद जोशीले समेत सुत्केरी भएर अत्याधिक रक्तश्राव भएका महिलाहरु र बाहीरी एभर्सन गराएर रक्तश्राव भएर आएका ५ जना महिलाहरुको ज्यान आफूले रगत दिएर बचाएको बताउँछन् । उनले सुत्केरी महिला सहित अन्य गरेर ८ जनालाई रगत दिई सकेका छन् । उनी जस्तै जिल्ला अस्पतालमा नै कार्यरत शान्ति अवस्थीले समेत बालक सहित महिला गरेर ४ जनालाई रगत दिएर ज्यान बचाएको बताउँछिन् ।
यस्तै ६ बैशख २०७६ मा सुत्केरीका क्रममा अत्याधिक रक्तश्राव भई मरण जीवनको दोधारमा परेकी खप्तड छान्ना गाँउपालिका वडा नम्बर १ की हरिना देवी पाण्डेलाई ए वि पोजेटीभ रगतको आवश्यक प¥यो । उनका आफन्तले चारै तिर रगतको खोजी गरे तर रगतको गु्रप कसै संग मेल खाएन । अन्ततः जिल्ला अस्पतालका कार्यालय प्रमुखले नै सग्राम सार्दुल गुल्म पानकोट ब्यारेकमा फोन गर्नुभयो र नेपाल आर्मीका दिनेश भट्ट र धर्मेन्द्रसिहँ बोहराले रगत दिनुभयो । र पाण्डेको ज्यान बच्यो ।

उनी जस्ता धेरै सुत्केरी महिलाको ज्यान नेपाल आर्मी र जिल्ला अस्पतालका कर्मचारीका साथै केही प्रहरीहरुले बचाएका छन् । नेपाल आर्मीले २०७३ सालमा १० जना, २०७४ मा ४ जना , २०७५ मा ९ र २०७६ को हालसम्म ९ जना गरि ३२ जना सुत्केरी महिलाहरुको ज्यान बचाएको सग्राम सार्दुल गुल्म पानकोट ब्यारेकको तथ्याङ्कमा उल्लेख छ । यस्तै जिल्ला अस्पतालको तथ्याङ्क हेर्दा साउन २०७५ देखि हालसम्म ३० जना सुत्केरी महिलाहरुलाई रगत दिएको छ । अहिलेसम्म खोजी गरेर नै रगत उपलब्ध गराउने गरेको जिल्ला अस्पताका कार्यालय प्रमुख सन्दिप ओखेडाले बताए । बझाङ जिल्ला जस्तो विकट ठाँउमा केही ठूलो महामारी तथा दैविक प्रकोपको घटना घटेको खण्डमा निकै समस्या उत्पन्न हुने उनले बताएको राजधानी दैनिकमा उल्लेख छ
जिल्लामा कुनै दैविक प्रकोप वा केही घटना घट्ने हो भने रगत अभावमा धेरैले ज्यान गुमाउन सक्ने उहाँको भनाई छ । यसका लागि सरोकारवाला निकायले ध्यान समयमा नै दिनुपर्ने र समयमा नै जिल्लामा ब्लड बैङ्क संचालनमा ल्याउन आवश्यक रहेको उहाँको भनाई छ । केही समय अघि मात्रै जिल्लामा नै एक महिलालाई जिल्ला अस्पतालका कर्मचारी लगायत मिलेर ११ पोका रगत चढाएको बताउदै डाक्टर सन्दिप ओखेडाले जिल्ला अस्पतालमा नै ब्लड बैङ्क संचालनमा ल्याउन र यसका सरोकारवाला निकायले आवश्यक पहल गर्न जरुरी रहेको बताए । अहिले सम्म हेर्दा नेपाल आर्मी र स्वास्थ्यकर्मीहरुले रगत दिएर सुत्केरी महिलाहरुको ज्यान बचाएको देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्