Logo
|
Saturday 27th April 2024
Logo

epaper

किन आत्महत्या गर्न चाहन्थिन् इलियाना ?



‘बर्फी’ नायिक इलियाना डिक्रुज कुनै समय आत्महत्या गर्न चाहन्थिन् । उनले एक कार्यक्रममा आफू कुनै समय डिप्रेशनबाट पीडित भएको र आत्महत्या गर्ने सोचमा पुगेको बताएकी थिइन् । उनले केही समयअघि भारतको नयाँ दिल्लीमा भएको २१ औँ विश्व मानसिक स्वास्थ्य सम्मेलनमा आफूलाई आत्महत्या गर्न मन लागेको कुरा खुलाएकी हुन् । सो समयमा आफू डिस्मर्फिक डिसअर्डरको शिकार भएको कारण आत्महत्या गर्ने सोच पलाएको बताएकी थिइन् । कार्यक्रममा इलियानाले आफ्नो अनुभवबारे भनिन्, ‘मे जहिले पनि सेल्फ कन्सियस व्यक्ति थिएँ । म हर समय आफूलाई कमजोर र दुःखी महसुस गर्थेँ । मलाई यो पनि थाहा थिएन म डिप्रेशनमा छु । जब यो कुरा मैले थाहा पाएँ, मैले जाने डिस्मर्फिक डिसअर्डरको शिकार रहेछु ।’ ‘म जे गर्थे, म चाहन्थे सबैले त्यसलाई स्वीकार गरुन्,’ इलियानाले भनिन्, ‘तर, सँधै त्यस्तो हुँदैन थियो । एक समय मलाई आत्महत्या गर्ने पनि सोच आयो । म सबै कुरा खत्तम गर्न चाहन्थेँ । तर, बिस्तारै सबै कुरा बदलियो र मैले आफैलाई जस्तो छु त्यस्तै रुपमा स्वीकार गर्न थाले । रोगसँग लड्ने मैले आफै पहलकदमी लिएँ । जब मैले आफूलाई स्वीकार गर्न थाले, अहिले सबै कुरा ठीक भएको छ ।’ उनले डिप्रेशसनसँग लड्नका लागि पहिले आफूले कदम उठाउनुपर्ने पनि बताइन् । उनले डिप्रेशन ठिक हुनको लागि केही समय लाग्ने र तर आत्मवल बलियो बनाउनुपर्ने समेत बताइन् । उनै इलियाना अभिनित चलचित्र पागलपन्थी आउँदो नोभेम्बर ८ मा रिलिज हुँदैछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्